कोहलपुर ।
बाँके क्षेत्र नं. १ मा प्रतिनिधीसभा सदस्य पदका नेकपा एमालेका उम्मेदवार सुर्य ढकाल १ हजार ५ सय ४१ मतले अगाडी रहेका छन् । माओवादी केन्द्रका महेश्वरजंग गहतराज (अथक) ले उनलाई पछ्याइरहेका छन् ।
पछिल्लो मत परिणामअनुुसार ढकाल १२ हजार ४ सय २३ मत पाएर अग्रस्थानमा छन् भने अथक १० हजार ८ सय ८३ मत प्राप्त गरी दोश्रो स्थानमा रहेका छन् ।
यस्तै नागरिक उन्मुक्ति पार्टीका सुरेशकुमार चौधरी ६ हजार ७ सय ७२ मत ल्याएर तेश्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्द बाबु काफ्लेले २ हजार ९ सय ५२ मत पाएका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्