कोहलपुर ।
बाँकेको राप्तीसोनारी गाउँपालिका ४ का नवनिर्वाचित वडा अध्यक्षले अंग्रेजी माध्यमबाट अध्यापनदेखि निःशुल्क एम्बुलेन्स सेवा हुँदै बजारीकरणसम्मको पहिलो बैठकबाट निर्णय गरेका छन् ।
वडाध्यक्ष मिनराज खड्का (सन्तोषले) ले आफुले वडामा स्वास्थ्य, शिक्षा र कृषिलाई पहिलो प्रथामिकता राखेर घोषण पत्र निर्माण भएको थियो सोही अनुसार ८ वटा महत्वपूर्ण निर्णयहरु गरेका छन् ।
यस्तै वडा अध्यक्षले पदभार ग्रहण गर्दै सर्वप्रथम वडाभित्र रहेका सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ सम्म अनिवार्य अंगे्रजी माध्यमाबाट पठनपाठन गरिने व्यवस्था गर्ने र पहिलो वर्ष बालविकास र कक्षा १ मा सूरु गर्ने र क्रमश गर्दै ५ कक्षासम्म अगे्रजी माध्यामबाट पठनपाठनको व्यवस्था मिलाइने निर्णय गरेका छन् ।

त्यस्तै वडाभित्र रहेका गर्भवती तथा सुत्केरीहरुलाई निशूल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने, जन्म, मृत्य्, बसाइसराई जस्ता व्यक्तिगत घटना दर्ता घर आगनमै पुगेर सेवा दिने, सामाजिक सुरक्षा वापतको रकम घर आगनबाट सहज रुपमा प्राप्त गर्ने व्यवस्था मिलाउने, लक्षित वर्ग, दलित, महिला आदीवासी जनजाती युवा अपाङ्गता भएका व्यक्तिहरुका लागि रकम मध्याबाट वडाभित्रका असाहय, गरिब र जेहेन्दार विद्यार्थीहरु उच्च शिक्षा स्नातक तहसम्म वडाको सहयोगमा छात्रवृति उपलब्ध गराउने, स्वास्थ्य बिमाप्रति उत्प्रेरण जगाउने, स्वास्थ्य बिमाका लागि वडाबाट ५० प्रतिशत रकम सहयोग गर्ने, व्यवसायीक रुपमा कृषि तथा पशुपालन गर्ने किसानहरुलाई जोड दिन प्राविधिक सहयोग र ५० प्रतिशत कृषि विमा बजारीकरण अनुदान दिने जस्ता ८ वटा महत्वपूर्ण निर्णय गरी पदभार गरेका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्