काेहलपुर ।
वैशाख ३० गतेको आसन्न स्थानीय तहको निर्वाचनका उमेदवार यतिबेला मत माग्न व्यस्त छन् । स्थानीय पालिकाहरुमा उठेका प्रमुख तथा उपप्रमुख पदका उमेदवार पार्टीका विभिन्न तहका नेतालाई साथै लिएर मतदातासँगको घरदैलोमा सक्रिय बनेका छन् ।
काेहलपुर नगरपालिका एमालेबाट मेयरका उमेदवार खिलप्रसाद भुषाल केही दिनदेखि विभिन्न वडामा घरदैलो गरिसकेका छन् । भुषाल भन्छन्, “मतदातासँग भेटघाट गर्न घरदैलो कार्यक्रमलाई गति दिएको छु । मैले पार्टीका विभिन्न तहका नेताहरुलाई साथै लिएर हिँडिरहेको छु ।” उनले जिल्लामा उपलब्ध केन्द्रीय तथा प्रदेश ,जिल्ला र स्थानीय तहका नेता तथा कार्यकर्ताले आफ्नो चुनावी अभियानमा साथ दिएको सुनाए ।
काेहलपुर नगरपालिकाको वडा नं. १ देखि ११ वडाका विभिन्न स्थानमा भएका घरदैलो अभियानमा एमालेका लुम्बिनी प्रदेश उपसचिव दुर्गा थारु,प्रदेश सदस्य प्रेम भुषाल,बसन्ति अधिकारी लगाएतका पार्टीका नेताहरु पनि सहभागी भएका छन् ।
भुषालकाे पक्षमा जनमत सिर्जना गर्न खटिएका नेताहरुले स्थानीय तहको निर्वाचनले काेहलपुरमा निकै राम्रो माहोल बनेको र सर्वसाधारण मत हाल्ने दिन कुरेर बसेको बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्