रावन विश्वकर्मा
बर्दिया बाँसगढी २ हजारीबगीयाका युवाले बाख्रा पालन व्यवसाय सुरु गरेका छन् । नेपाल लाइभस्टक सेन्टर इनोभेसन आयोजनाको ५० प्रतिशत अनुदानमा बाँसगढी नगरपालिका २ हजारीबगीयाका युवा कमल खत्रीले बाख्रा पालन व्यसाय सुरु गरेका हुन् । खत्रीले ६० लाख १ हजार ५ सय २४ रुपैयाको कुल लागतमा खसी बोकाको मासु तथा मासुजन्य पदार्थ उत्पादन उपआयोजना अन्तर्गत अनुष्का बहुउदेशीय कृषि तथा पशुपन्छी फर्म दर्ता गरी बाख्रा पालन व्यवसाय सुरु गरेका हुन् ।
उप–आयोजना कार्यान्वयनका लागि आईतवार सार्वजनिक सुनुवाई कार्यक्रम समेत गरिएको छ । कार्यक्रममा कृषि तथा पशुपन्छी फर्मका संञ्चालक कमल खत्रीले आयोजनाको बारेमा जानकारी दिनुभयो । उहाँले ६० लाख १ हजार ५ सय २४ रुपैया कुल लागत मध्य आयोजनाको अनुदान ३० लाख ७ सय ६२, नेपाल इन्भेष्टमेन्ट बैक लिंको १८ लाख ४ सय ५८ ऋण लगानी र १२ लाख ३ सय ५ फर्मले लगानी गरेको जानकारी दिनुभयो ।
नस्ल सुधार गरी मासुका लागि गुणस्तरीय खसी बोका उत्पादन गर्ने, स्थानिय स्तरमा रोजगारी सिजृना संगै कम्पोष्ट मल उत्पालन गर्ने आयोजनाको मुख्य उदेश्य रहेको छ । फर्मबाट बार्षिक सरदर २ सय २५ वटा खसी, बोका, पाठा, पाठी उत्पादन तथा विक्रि गर्ने अपेक्षा गरिएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा बाँसगढी नगरपालिका २ का वडा अध्यक्ष घमण्ड चन्द, बाँसगढी नगरपालिका कृषि शाखा प्रमुख ठाकुरदयाल शाह, वडाका बिभिन्न राजनितिक दलका प्रतिनिधी, बिभिन्न व्यवसायीक फर्मका सञ्चालक, नेपाल लाइभस्टक सेन्टर इनोभेसन आयोजनाका सामाजिक परिचालक अर्जुन दहित, नेपाल इन्भेष्टमेन्ट बैक लिका विष्णु प्रसाद ढकाल लगायत स्थानिय युवाहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सन्तोष चन्दले गर्नुभएको थियो भने स्वागत गंगाराम डिसीले गर्नुभएको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्