बागेश्वरी ड्राईभिङ सेन्टरले कोहलपुर -१४ मा ड्राइभिङ ट्राईल सेन्टरको सुरुवात

 कृष्ण कुमार शाही, कोहलपुर

बागेश्वरी ट्रायल सेन्टरले आफ्नो ट्रायल स्थान सन्चालनमा ल्याएको छ । करिव १८ लाखको लागतमा कोहलपुर-१४ हनुमान पेट्रोलपम्पको पुर्वतिर उक्त ट्रायल स्थानमा ट्रायल सुरु गरिएको सन्चालक दिल बहादुर बोहराले जानकारी गराए ।

ट्रायल सेन्टरको उदघाटन गर्दै बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका प्राध्यापक एकराज शर्माले कोहलपुरमा निजि ट्रायल फिल्डको अभाव भएको समयमा यसबाट सवारी साधन सिक्न चाहने हरेक सिकारु हरुका लागि सहज हुने वताए । उनले कोहलपुर विकसित सहरका रूपमा विकसित हुँदै गएकाले यसको महत्व रहेको उल्लेख गरे । उक्त कार्यक्रममा बोल्दै ट्रायल सेन्टरका प्रोपाईटर दिल बहादुर बोहराले सरकारी मापदण्ड र नियम अनुसार ट्रायल फिल्ड निर्माण गरिएको जानकारी दिए ।

उनले आफ्नो ड्राईभिङ सेन्टरमा सिक्ने मात्र होइन अरुले पनि सिक्न सकिने वताए । उक्त स्थानमा साना तथा ठुला सवारी साधनहरु सहजै सिक्न सकिने जानकारी दिए । निश्चित शुल्कमा सिक्न सकिने वताए ।

उनले भने कोहलपुर तथा नेपालगन्ज सहर जोड्दै गएको, विकसित सहर हुँदै गएकोले यो ट्रायल सेन्टरले सेवा दिने वताए । कोहलपुरमा यातायातको ट्रायल सेन्टर भएको भएपनि निजि लगानीको ट्रायल सेन्टर नभएकोले यसको आवश्यकता रहेको जानकारी दिए । उक्त उदघाटन कार्यक्रममा विभिन्न संघ संस्थाका व्यक्तिहरुको उपस्थित रहेको थियो ।