Kohalpur Today Header Ads

कोहलपुरमा छायाङ्कन गरिएको “नाँचीदेउ माया डिजेमा” गीतको म्युजिक भिडियो सार्वजनिक




 

काेहलपुर । “नाँचीदेउ माया डिजेमा” गीतको म्युजिक भिडियो औपचारिक रूपमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ। मनोरञ्जनलाई केन्द्रमा राखेर निर्माण गरिएको यो गीत निर्माण टिमको पहिलो प्रयासका रूपमा प्रस्तुत गरिएको हो।

भक्त बिसी र पूर्णिमा लामाको सुमधुर स्वरमा सजिएको गीतमा पदमराज बिश्वकर्माको शब्द तथा बिबि अनुरागीको संगीत रहेको छ। आधुनिक डिजे शैलीमा तयार पारिएको यो गीत विशेषगरी युवा पुस्तालाई लक्षित गर्दै निर्माण गरिएको बताइएको छ।

LIfe Ok

म्युजिक भिडियोको निर्देशन सिर्जना रावत र पृथ्वी बिकले संयुक्त रूपमा गरेका हुन्। भिडियोमा कृष्ण खत्री, पृथ्वी बिक, सिर्जना रावत र धिरज खड्का मोडलका रूपमा प्रस्तुत भएका छन्, जसले गीतको भाव र ऊर्जा जीवन्त बनाएका छन्।

पत्रकार सम्मेलनमा बोल्दै निर्देशकद्वयले यस परियोजनालाई आफ्नो लागि नयाँ अनुभव भएको उल्लेख गर्दै दर्शकलाई मनोरञ्जन दिने उद्देश्यले काम गरिएको बताए। साथै, आगामी दिनमा अझ उत्कृष्ट सामग्री प्रस्तुत गर्ने प्रेरणा यसैबाट मिल्ने विश्वास व्यक्त गरे।

उक्त म्युजिक भिडियो ‘भाईब्स नेपाल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ, जहाँ दर्शकहरूले सहजै हेर्न सक्नेछन्। निर्माण टिमले सम्पूर्ण दर्शक तथा शुभेच्छुकहरूसँग गीतप्रति माया र समर्थनको अपेक्षा गरेको छ।

यस्ताे छ भिडियाे हेर्नुहाेस् ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ चैत २१ गते शनिबार