Kohalpur Today Header Ads

साफ यू-१७ च्यम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतको सामना गर्ने




काठमाडौं । नेपालले साफ यू-१७ च्यम्पियनसिपको सेमिफाइनलमा भारतको सामना गर्ने भएको छ।

श्रीलंकामा साेमबार सम्पन्न समूह ‘बी’को खेलमा भारतले पाकिस्तानलाई हराएर समूह विजेता बनेसँगै नेपाल र भारतको भेट पक्का भएको हो। समूह ‘ए’मा रहेको नेपालले आफ्नो दोस्राे खेलमा बंगलादेशसँग हार ब्यहोरेपछि नेपाल ग्रुपमा दोस्रो भएको थियो।

LIfe Ok

दोस्रो भएको नेपालले समूह ‘बी’को शीर्षस्थानमा रहने टोलीसँग सेमिफाइनलमा भेट गर्ने पक्का भएको थियो। समूह ‘बी’अन्तर्गत साेमबार भएको खेलमा भारतले पाकिस्तानलाई ३-२ ले हराएसँगै भारत अपराजित रहँदै सेमिफाइनल प्रवेश गरेको हो।

भारतले समूह ‘बी’मा तीन खेलबाट नौ अंक जोडेको छ। पराजयका बाबजुद पनि पाकिस्तान अन्तिम चारमा पुगिसकेको छ। पाकिस्तानले सेमिफाइनलमा समूह ‘ए’को विजेता बंगलादेशको सामना गर्ने पक्का भएको छ।

यससँगै सेमिफाइनल समीकरण पुरा भएको हो। नेपाल र भातरको खेल आउँदो २५ सेप्टेम्बरमा हुनेछ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ असोज ६ गते सोमबार