Kohalpur Today Header Ads

बैजनाथको हाजिरीजवाफमा हिमालय विद्या निकेतन प्रथम




Sagarmatha CC TV

बैजनाथ । ६२औँ राष्ट्रिय बाल दिवस–२०८३ को अवसरमा बैजनाथ गाउँपालिकाले आयोजना गरेको माध्यमिक तहस्तरीय हाजिरीजवाफ प्रतियोगितामा हिमालय विद्या निकेतन प्रथम भएको छ।

प्रतियोगितामा हिमालय विद्या निकेतनबाट कक्षा १० मा अध्ययनरत प्रशंसा गौतम, योगेन्द्र राज जोशी र कक्षा ९ मा अध्ययनरत नेत्रा विक सम्मिलित समूहले प्रथम स्थान हासिल गरेको हो।

सगरमाथा ज्ञानपुञ्ज
LIfe Ok

विद्यालयको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेपछि विद्यालय परिवारले विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिएको छ। विद्यालयले विद्यार्थीको यस सफलताले विद्यालय परिवारलाई गौरवान्वित बनाएको हिमालय विद्या निकेतनका प्रिन्सिपल राम शर्माले बताए ।

यस्तै हिमालय विद्या निकेतनका संस्थापक श्याम कँवरले विद्यार्थीहरूको सफलता विद्यालयका लागि मात्र नभई बैजनाथ क्षेत्रकै शैक्षिक पहिचानका लागि महत्वपूर्ण उपलब्धि भएको बताए।

‘विद्यार्थीको सफलता नै विद्यालयको वास्तविक गौरव हो। हाम्रा विद्यार्थीले मेहनत, अनुशासन र निरन्तर तयारीबाट प्राप्त गरेको यो उपलब्धिले विद्यालय परिवारलाई उत्साहित बनाएको छ,’ कँवरले भने, ‘आगामी दिनमा पनि विद्यार्थीको प्रतिभा र क्षमता विकासका लागि विद्यालयले आवश्यक वातावरण र अवसर सिर्जना गर्दै जानेछ।’

उनले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई बधाई दिँदै आगामी दिनमा अझ उच्च सफलता हासिल गर्ने विश्वास व्यक्त गरे।

विद्यार्थीहरूको तयारी तथा सहजीकरणमा माध्यमिक तहका कोर्डिनेटर लोकप्रसाद सापकोटा र पूर्वविद्यार्थी सोवित खत्रीले गरेका थिए।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ भदौ २७ गते शनिबार