महादेवपुरी सनराइज स्कुलले १७ औं वार्षिकोत्सव मनायो




कोहलपुर २९ बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा न ९ स्थित महादेवपुरी सनराईज इ.मी.  स्कुलले आइतबार १७ औं वार्षिकोत्सव मनाएको छ । स्कुलले अभिभावक भेला,नतिजा प्रकाशन तथा पुरस्कार वितरण गरि वार्षिक उत्सव मनाएको हो ।

कार्यक्रमको राप्तीसोनारी गाउँपालिका वडा न ९ का वडाध्यक्ष सोहनलाल थारुले दिप प्रज्वलन गरि उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि थारुले महादेवपुरी सनराइज स्कुल स्थापना भएसंगै यहाँका विद्यार्थीहरु महंगो शुल्क तिरेर कोहलपुर, नेपालगज पढ्न जानुपर्ने बाध्यता हटेको बताए । ग्रामीण भेगमा रहेको विद्यालयले गुणस्तरीय शिक्षा दिएको विद्यालयलाई धन्यवाद ज्ञापन समेत गरे।

कार्यक्रम बोल्दै राप्तीसोनारी गाउँपालिका कार्यपालिका सदस्य राधिका सुनारले सनराइज ई मि स्कुल संस्थागत विद्यालय भए पनि सामाजिक क्षेत्रमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउदै आएको बताइन । विद्यालय स्थापना कालदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको र शिक्षामा थप आकर्षकका कार्यक्रमहरु संचालन गर्नुपर्नेमा जोड दिएकी थिइन ।

कार्यक्रम बोल्दै विद्यालयका संस्थापक प्रीन्सीपल सागरदत्त गौतमले विद्यालयमा दलित, विपन्न, सहिद परिवारका विद्यार्थीहरुलाइ मापदण्ड भन्दा धेरै छात्रवृत्ति प्रदान गर्दै आएको वताए । साथै उनले शैक्षिकसत्र २०८३ देखि विद्यालयले कक्षा ८ संचालनको अनुमति प्राप्त गरेको जानकारी  दिए।

कार्यक्रम शैक्षिकसत्र २०८२ को नतिजा प्रकाशन ,पुरस्कार वितरण गरिएको थियोे भने विद्यालयका विद्यार्थीहरुले विविध सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए। विद्यालय व्यवस्थापन समिति अध्यक्ष भागीरथी खड्काको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेस राप्तीसोनारी ९ का सभापति पुर्ण बहादुर वली, पत्रकार तथा शिक्षक कविन्द्र परियार लगायतले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा अभिभावक,विद्यार्थी ,समाजसेवी शिक्षक लगायतको सहभागिता रहेको थियोे ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ चैत २९ गते आइतबार