सयकडा दशमा किन्दा भ्रष्टाचार हुँदो रैछ
सयको माल सयमा किन्दा सदाचार हुँदो रैछ ।

मस्तिष्कको उपज न हो सँधै उल्टो सोचेपछि
तेरो काम तैँ गर भन्दा अत्याचार हुँदो रैछ ।

विधिमाथि बिश्वास रैछ, राम्रो भन्दा हाम्रो राम्रो
काले काले मिलेपछि कमाई दुईचार हुँदो रैछ ।

बकुल्लो नै सहि बरु केही त गर्छु भन्नु भन्दा
कागै बन्न सकेपछि उपकार हुँदो रैछ ।

राम्रो गरे गुपचुप हुने नराम्रोको आहाआहा
उसकै बखान गरि छाप्ने अखबार हुँदो रैछ ।

– अज्ञात ( २०७८ चैत्र ८ कोहलपुर )