सयकडा दशमा किन्दा भ्रष्टाचार हुँदो रैछ
सयको माल सयमा किन्दा सदाचार हुँदो रैछ ।
मस्तिष्कको उपज न हो सँधै उल्टो सोचेपछि
तेरो काम तैँ गर भन्दा अत्याचार हुँदो रैछ ।
विधिमाथि बिश्वास रैछ, राम्रो भन्दा हाम्रो राम्रो
काले काले मिलेपछि कमाई दुईचार हुँदो रैछ ।
बकुल्लो नै सहि बरु केही त गर्छु भन्नु भन्दा
कागै बन्न सकेपछि उपकार हुँदो रैछ ।
राम्रो गरे गुपचुप हुने नराम्रोको आहाआहा
उसकै बखान गरि छाप्ने अखबार हुँदो रैछ ।
– अज्ञात ( २०७८ चैत्र ८ कोहलपुर )
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७८ चैत १० गते बिहीबार












प्रतिक्रिया दिनुहोस्