Kohalpur Today Header Ads

प्रचण्डको सचिवालयबाट राजीनामा दिइन् गंगा दाहालले




नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयबाट गंगा दाहालले राजीनामा दिएकी छन्।

प्रचण्डको सचिवालयबाट राजीनामा दिएको विषय दाहालले सोमबार बिहान सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन्।  उनी प्रचण्डकै छोरी पनि हुन्।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

प्रकाश दाहालको निधनपछि उनैले प्रचण्डको सचिवालय हेर्दै आएकी थिइन्। तर पछिल्लो समय आफूलाई देखाएर माओवादी केन्द्र र त्यसका संयोजक प्रचण्डविरूद्ध योजनाबद्ध प्रहार भएका कारण राजीनामा दिएको गंगाले बताएकी छन्।

‘मलाई देखाएर नेकपा (माओवादी केन्द्र)का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनावद्ध प्रहार भइरहेका कारणले यस्तो अवस्थामा मैले सचिवालयको जिम्मेवारीबाट बाहिरिदा नै बुवा, पार्टी र आन्दोलनको लागि राम्रो होला भन्ने निस्कर्षमा पुगेर बुवाको सचिवालयबाट राजिनामा दिएको छु,’ उनले भनेकी छन्।

संयोजक प्रचण्डको सचिवालयबाट राजीनामा दिए आजीवन रूपमा पार्टीमा क्रियाशील हुने उनले बताएकी छन्।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ कात्तिक ३ गते सोमबार