कोहलपुरमा लालपूर्जा वितरण गर्ने अन्तिम तयारी




कोहलपुर ।

कोहलपुर नगरपालिकामा लालपूर्जाको अन्तिम तयारी पुरा भएको छ ।

कोहलपुर नगरपालिका वडा नं. १ का भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जाको अन्तिम तयारी पुरा भएको कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले बताएका छन् ।

आचार्यका अनुसार अबको केही दिनमा लालपूर्जा वितरण गर्ने योजनासहित काम तिव्र रुपमा अगाडी बढाएको बताए ।

यस्तै लालपूर्जा वितरण पक्रियामा कोहलपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष बद्रि प्रसाद जैसी, ९ का वडा अध्यक्ष ओपेन्द्र नाथ योगी र कोहलपुर १२ का वडा अध्यक्ष बिरेन्द्र कुमार शाहले लालपूर्जा वितरणको कामलाई तिव्रता दिइरहेका छन् ।

हकदावीका लागि सार्वजनिक सूचना समेत प्रकाशित भइसकेको वडा अध्यक्ष बद्रि प्रसाद जैसीले जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० चैत ८ गते बिहीबार