सुर्ख़ेत ,असोज ९ गते ।
मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतका ग्र्याजुएट स्कुलहरूलाई थप व्यवस्थित एवं प्रभावकारी बनाउने उद्देश्यले गठित पुनर्संरचना कार्यदलको आयोजनामा शुक्रवार इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्ख़ेतमा विभागीय प्रमुख सहित प्रशासन, लेखा प्रमुख लगायतका उपलब्ध प्राध्यापक तथा कर्मचारीहरूका बीच अन्तरक्रियात्मक छलफल सम्पन्न भएको छ।
कार्यक्रममा सिभिल इन्जिनियरिङ केन्द्रीय विभागका विभागीय प्रमुख ई. सुरेन्द्रबहादुर शाही, कम्प्युटर इन्जिनियरिङ केन्द्रीय विभागका विभागीय प्रमुख ई. कपिल बुढाथोकी लगायत प्राध्यापक तथा प्रशासन अधिकृत शेरबहादुर के.सी. र लेखा अधिकृत राजकुमार थापा लगायत उपलब्ध कर्मचारीहरूले ग्र्याजुएट स्कुलको संरचना, विभागीय व्यवस्थापन, शैक्षिक तथा प्रशासनिक प्रभावकारिता र पुनर्संरचनाका विविध पक्षमा आफ्ना धारणा तथा सुझाव प्रस्तुत गरेका थिए ।
ग्र्याजुएट स्कुल अफ ह्युमानिटिज एन्ड सोसल साइन्सेसका डीन तथा कार्यदलका संयोजक डा. आनन्दप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यदलका सदस्यहरू म्यानेजमेन्टका डीन डा. पूर्णमान श्रेष्ठ, साइन्स एन्ड टेक्नोलोजीका डीन डा. दीपकराज अधिकारी र एग्रिकल्चरका डीन डा. कर्णसिंह धामीको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण कार्यदलका सदस्य तथा योजना, विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खडकाले गरेको प्रशासन अधिकृत शेर बहादुर केसिले कोहलपुर टुडे लाई जानकारी दिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।















प्रतिक्रिया दिनुहोस्