Kohalpur Today Header Ads

बर्दिया जिल्ला लगायत भई बहने नदीहरूमा आकस्मिक बाढीको जोखिम




कोहलपुर । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपालको तराई नजिक अवस्थित छ । देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू मध्यम वर्षा भइरहेको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको मापन अनुसार कोशी नदीको सहायक नदीको बहाव सतर्कता तह आसपास रहेको र नारायणी, बागमती, कर्णाली,महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीहरूको बहाव सतर्कता तह भन्दा तल रहेको छ।

LIfe Ok

मंगलबार इलाम, झापा, पाँचथर, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, पर्सा, बारा, डोल्पा, कैलाली, कञ्चनपुर, र आसपासका जिल्ला भई बहने स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ।

साथै ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, सिरहा, सप्तरी, रौतहट, सर्लाही, उदयपुर, सिन्धुली, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, म्याग्दी, प्युठान, बर्दिया, रुपन्देही, नवलपरासी पश्चिम, डडेलधुरा, डोटी, बैतडी र आसपासका जिल्ला भई बहने स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ साउन २७ गते मंगलबार