Kohalpur Today Header Ads

इरानी सहर इस्फहानलाई इजरायलले बनायो निशाना




तेहरान ।  इजरायलले आइतबार इरानको प्रमुख सहर इस्फहानमा हवाई आक्रमण गरेको छ । मध्य इरानमा अवस्थित इस्फहानको कन्भर्जन प्लान्ट इरानको आणविक पूर्वाधारको अहम् हिस्सा हो । इरानका अन्य सहरहरूमा अवस्थित युरेनियम खानी र अन्य प्लान्टहरू पनि यस पूर्वाधारको हिस्सा हुन् ।

इरानको इस्फहान नजिकै धेरै प्रमुख सैन्य संरचनाहरू पनि छन्, जसमा ठुलो एयरबेस र मिसाइल उत्पादन कारखाना पनि छन् । २०२४ को अप्रिलमा इजरायलले यस क्षेत्रमा रहेको एक एयरफिल्डमा पनि आक्रमण गरेर त्यहाँ रहेको एयर डिफेन्स सिस्टमलाई क्षति पुर्‍याएको थियो ।

इरानले इस्फहानमा रहेका यी सबै सुविधाहरू शान्तिपूर्ण उद्देश्यका लागि मात्र भएको बताएको छ । तर इरानले गोप्य रूपमा आणविक हतियार बनाउन प्रयोग गरिरहेको शंका इजरायल र धेरै पश्चिमी देशहरूको छ ।

LIfe Ok
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ असार १ गते आइतबार