Kohalpur Today Header Ads

उपचार गर्दा करणीको आरोप लागेका थापा हिरासतमै गम्भीर बिरामी, आईसीयुमा उपचार हुँदै




कोहलपुर । एक युवतीलाई उपचार गर्ने क्रममा गोप्य अंगमा हात लगेको आरोपमा हिरासतमा पुगेका बाँकेको कोहलपुरस्थित थापा पोलिक्निकका संचालक ६२ वर्षीय गणेश थापालाई मुटुमा गम्भीर समस्या आएपछि अस्पताल भर्ना गरिएको छ । हिरासत भित्रै मुटुको धड्कन बढेर ढलेपछि उनलाई कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेजको आइसियुमा भर्ना गरिएको छ ।

थापाले उपचारका क्रममा यौनांगमा हात लगेको आरोप लगाउँदै ती युवतीले थापामाथि हातपात गरेसँगै प्रहरीले थापालाई नियन्त्रणमा लिएको थियो । शनिबार सो क्लिनिकमा उपचारका लागि आएर फर्केकी २२ वर्षीय युवती केही आफन्त र युट्युबर लिएर आएर आफूमाथि यौन दुव्र्यबहार भएको भन्दै थापामाथि पटक पटक थप्पड हानेकी थिइन् । उनीसँगै आएकी अर्की महिलाले पनि थापाले ४ वर्षअघि यस्तै व्यवहार गरेको भनेर थप्पड हानेकी थिइन् । प्रहरीले शनिबार नै थापालाई हिरासतमा लिएको थियो ।

LIfe Ok

प्रहरी नियन्त्रणमा जानुअघि थापाले गानोगोला जाने गरेको र सेतोपानी बग्ने समस्यापनि रहेको समस्या बताएपछि आफुले युवतीको स्वस्थ्य जाँच गरेको बताएका थिए । उनले ती युवतीलाई भिडियो एक्सरे र पिसाव जाँच गर्ने सल्लाह दिएर दुखाई कम हुने इन्जेक्सन लगाइदिएको बताउँदै औषधि समेत दिएर उपचारको पैसातिरेर सहज क्लीनिकबाट घर गएको समेत बताएका थिए ।

आइतबार उनीविरुद्ध थापा विरुद्ध करणी मुद्दा दर्ता गरि प्रहरीले ७ दिनको म्याद थपेर अनुसन्धान अघि बढाएको थियो । तर सोमबार नै स्वास्थ्यकर्मी थापाको मुटुको धड्कन बढेर हिरासत मै ढलेपछि उनलाई कोहलपुरस्थित मेडिकल कलेजमा आइसियुमा भर्ना गरिएको प्रहरीले पुष्टि गरेको छ । स्थानीयका अनुसार लामो समय यो क्षेत्रमा काम गरेका थापा पहिले नै प्रेसर र सुगरका बिरामी थिए । ‘सोमबार स्वाथ्यकर्मी थापाको अचानक मुटुको चाल बढेरे हाईपरटेन्सन जस्तो भएपछि अस्पताल लगिएको हो,’ इलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रमुख शिवप्रसाद खत्रीले भने, ‘आइसियुमा भर्ना हुनुहन्थ्यो, आज केही सुधार भएर नर्मल वार्डमा सारिएको छ ।’

प्रहरीले युवतीसँगै आएर भिडियो खिचेर सामाजिक सञ्जालमा भिडियो प्रशारण गर्ने हिमान्सु शाहीलाई पक्राउ गरेको छ । स्वास्थ्य परिक्षणका क्रममा स्वास्थ्यकर्मीले योनाङ्गमा स्पर्श गरेको भन्दै स्वास्थ्यकर्मी गणेश थापामाथि हातपात गरेको भिडियो सामाग्री अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

समाजिक सञ्जालकर्ताहरुले योजनाबद्ध तरीकाले भिडियो निर्माण कर्ता र पीडित भनिएका २ जना महिलाले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको प्रतिक्रिया जनाएपछि प्रहरीले शाहीलाई पक्राउ गरेको हो । सहज स्वास्थ्य परीक्षण गराई राजिखुसी फर्केको केही मिनेटमा नै युटुबर र अर्की एक महिलासहित थापा मेडिकलमा पुगेको समूहले थापामाथि आक्रमण गर्नुका साथै गालिगलौज गरेको भिडियो शाहीले सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।

प्रहरीले महिला पक्षको उजुरीको आधारमा स्वास्थ्यकर्मी थापालाई पक्राउ गरेपनि भिडियो सार्वजनिक गर्ने शाही र कानुन विपरीत हातपात गर्ने महिलाहरुलाई उन्मुक्ति दिएको भन्दै सामाजिक प्रयोगकर्ताहरुले प्रहरीको चर्को आलोचना गरिरहेका छन् । उनीहरुले स्वास्थ्यकर्मीबाट गलत भएको भए कानुनी उपचार खोज्नुपर्नेमा आक्रमणको बाटो अपनाउनु र सुनियोजित भिडियो खिच्ने क्यामेरा सहितको व्यक्ति लिएर जाने कार्यको छानबिन हुनुपर्ने माग गरेका छन् ।

युटुबर शाहीलाई नियन्त्रणमा लिएर घटनाको सघन अनुसन्धान गरिरहेको बाँके प्रहरी प्रवक्ता डीएसपी प्रतितसिंह राठौरले बताए । सो घटनालाई लिएर औषधी व्यवसायी परिषद र सिएमए संघले पनि छानबिन अघि बढाएको जनाएको छ । प्रहरीले भने सो घटनामा स्वास्थ्यकर्मी थापा विरुद्ध करणी सम्बन्धी कसुरमा ७ दिन म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

उता पीडित भनिएकी युवतीले बारम्बार उल्टी भएपछि उपचारका लागि मेडिकल पुगेको र स्वास्थ्यकर्मीबाटै यौन दुर्व्यवहारको आरोप लगाएकी छन् । सामाजिक सञ्जालमा भने धेरैले युवतीलाई नै आरोपित गरिरहेका छन् ।

उपचारका क्रममा आफ्नो गोप्य अङ्गमा हात लगेको बताएकी युवतीले उनीविरुद्ध जबरजस्ती करणीको जाहेरी दिएकी छन् । घटनाको प्रहरीले सघन अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ असोज २१ गते बुधबार