Kohalpur Today Header Ads

काेहलपुर ६ मा दुई टोल समिति गठन




नेपाली काँग्रेस कोहलपुर वडा नम्वर ६ ले आईतबार टोल समिति गठन गरेको छ । वडा कार्यक्रय समितिले दूई वटा टोल समिति गठन गरेको हो । बुद्धको चोक पुर्वमा टोल नं. १ र बुद्ध चोक पश्चिम टोल नं. २ गठन गरेको हो । १ नम्वर टोल समितिमा कमान सिंह थापाको सभापत्विमा १५ सदस्य टोल समिति गठन गरिएको वडा सचिव शिवध्वज शाहीले वताए ।

जसको उप सभापतिमा नन्दा सिजाली,सचिव भुपेन्द्र क्षेत्री , कोषाध्यक्षमा जमुना थापा , सह सचिवमा मनसरा खत्री , सदस्यहरुमा यमुना गुरुङ, खेदुलाल सुनार , जानकी देवकोटा , विनादेवि रावल,सारदा कार्की , नर वहादुर ओली, खिमा मल्ल, मिना गुरुङ, मोहन सिंह गाहा र सिता घर्ती रहेका छन् । यस्तै बुद्ध चोक पश्चिम टोल नं. २ मा १७ सदस्य टोल समिति गठन भएको छ ।

जसको सभापति मञ्जु पोख्ररेल, उप सभापतिमा भिमराज भट्टरराई, सचिव दिपक कुमार चौधरी, कोषाध्यक्षमा थम्मेश्वरी कडेल , सह सचिवमा हरिमाया वाग्ले, सदस्यहरुमा सौरव मल्ल, राजेश थारु , कपिल चालीसे, डिल्ली राम पोखरेल, भरत शाही, गणेश खड्का ,जिवन थापा, अम्वीका थारु, हिमवहादुर ओली, असरुफी थारु,भद्रकला खत्री र रामजान मल्ल रहेका छन् ।

LIfe Ok

कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगर सभापति विरेन्द्र कुमार शाहले आगामी बैशाखमा हुन लागेको स्थानिय निर्वाचनमा नेपाली काँग्रेसका उमेदवारहरुलाई जिताउनको लागी कोहलपुर नगरले नगरका १५ वटै वडामा वडा टोल समिति गठन गदै आएको वताए । कार्यक्रमको सभापतित्व वडा नं.६का वडा सभापति श्री कृष्ण थारुले गरेका थिए भने कार्यक्रम संचालन वडा सचिव शिवध्वज शाहीले गरेका थिए ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ फागुन ८ गते आइतबार