नेपालीसँग सगरमाथा छ
तर ,
स्वाभिमानको शीर
सँधै निहुँरीरहेको छ ।
अर्णपूर्ण जत्रो छाती त छ
तर ,
चल्लाको जस्तै मुटु छ ।
हामी सबैसँग टाउको त छ
तर ,
टाउकोलाई रिमोट जस्तै
कसैले चलाएको छ ।
वीर गोर्खाली भनेर
इतिहास त छ
तर ,
आजभोलि देशमा
महाकालीसँगै एमसीसीसम्म
आइपुग्दा
राष्ट्रियता खरानीसँग साटिएको छ ।

– मुकुन्दप्रसाद शर्मा, रुकुम( पश्चिम )

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ फागुन ७ गते शनिबार