ढकेरी उद्दैन खानेपानी तथा सरसफाइ समितिको ९ औं साधारणसभा सम्पन्न




कोहलपुर ।

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा न ९ स्थित ढकेरी उद्दैन खानेपानी तथा सरसफाइ समितिको ९ औं साधारणसभा शनिबार सप्पन्न भएको छ ।

सभाको बाँके क्षेत्र नं. १ का संघिय सासद सुर्य ढकालले उदघाट्न गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अथिती ढकालले खानेपानी स्वच्छ नभए सम्म मानिस स्वास्थ नहुने हुँदा राज्यले हरेक नागरिकहरुलाइ स्वच्छ पिउने पानीको पहुँचमा पु¥याउनु पर्ने बताए।

कार्यक्रममा बोल्दै उनले विकास निमार्णमा जनताको सहभागीता सुनिश्चत गर्न अति आवश्यक रहेको बताए । साथै उनले राप्तीसोनारी ९ को चुकेनाला व्यवस्थापनका लागी १ करोड रुपैया विनियोजन गरिने समेत बताए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश निर्वतमान सहरी विकास मन्त्री तथा लुम्बिनी प्रदेश सांसद कृष्णा केसीले विकासका निम्ति राजनितिक खिचातानी गर्न नहुने बताउदै राप्तीसोनारी ९ को विकासका निम्ति आफु प्रतिबद्ध भएको बताउदै संस्थालाइ सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन ।

कार्यक्रममा बोल्दै विशिष्ट अथिती राप्तीसोनारी ९ का वडाध्यक्ष सोहनलाल थारुले खानेपानी संस्थालाई अगाडी बढाउने सबैले योगदान पुर्याउनु पर्ने बताए । उनले वडाभित्र रहेको खानेपानी समितिले वडा भित्रका अधिकाश क्षेत्रमा खानेपानी पु¥याउन सफल भएको बताउदै सबै उपभोक्ताहरु खानेपानीको पहुँचमा पुगेको बताए ।

कार्यक्रममा संस्थाका अध्यक्ष अमर बहादुर वलीले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सेवा क्षेत्र भित्र रहेका ९२५ घरधुरी मध्य ८ भन्दा धेरै घरधुरीमा खानेपानीको धारा जडान गरिएको बताए । उनले संस्थालाइ अगाडी बढाउनका निम्ति भरपुर प्रयास भैरहेको र कतिपय कामहरु संचालनमा रहेको बताए ।

कार्यक्रममा संस्थाको विकासमा उल्लेखनीय योगदान पु¥याने व्यक्ति र धेरै महसुल तिर्ने ग्राहकलाइ दोसल्ला तथा सम्मानपत्र सहित सम्मान गरिएको थियोे । कार्यक्रममा संस्थाका कोषाध्यक्ष भिम बहादुर वलीले आर्थिक वर्ष २०८०/०८१ को आयव्यय प्रस्तुत गरेका थिए ।भने संस्थाका सचिव राज कुमार खत्रीले आगामी आर्थिक वर्ष २०८१/०८२ प्रस्तावित कार्यक्रम प्रस्तुत गरेका थिए ।

संस्थाका अध्यक्ष अमर बहादुर वलीको सभापतित्वमा भएको उदघाटन सत्रमा राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेल,खानेपानी डिभिजन कार्यालयका प्रमुख इन्जियर प्रकाश जंग शाह, खानेपानी महासंघ बाँकेका सचिव शेर बहादुर घर्ती ,राप्तीसोनारी ९ का जनप्रतिनिधि ,राजनीतिक दलका प्रतिनिधि ,उपभोक्ता लगायतको सहभागीता रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ मंसिर २२ गते शनिबार