काेहलपुर ।
नेकपा (माओवादी केन्द्र) बाँकेले ८ वटै स्थानीय तहहरुको अधिवेशन गर्ने भएकाे छ । पत्रकार सम्मेलन गर्दै मंसिर २९ र ३० गते बाँकेका ८ वटै स्थानीय तहहरुको अधिवेशन गर्ने भएकाे हाे ।
नेकपा (माओवादी केन्द्र) स्थायी समिति सदस्य तथा बाँके जिल्ला ईन्चार्ज पूर्ण कुमारी सुवेदीले पार्टी रुपान्तरण तथा पार्टी जिवनमा अधिवेशन निकै आवश्यक रहेकाे बताइन् ।
यसले पार्टी सदस्यले नेतृत्व छनौट गर्न पाउनुका साथै पार्टीलाई बलियो बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । अहिले हुने पालिका अधिवेशनमा प्रत्यक्ष निर्वाचनबाट सदस्य तथा पादाधिकारी छनौट गर्ने सुबेदीको भनाई थियो ।
नेकपा (माओवादी केन्द्र)को सरकारले भ्रष्टाचार नियन्त्रण र समाजिक न्यायको क्षेत्रमा राम्रो काम गरेको हुनाले जनतामा माओवादी प्रति आकर्षण बढ्दै गएको र माओवादी प्रति जनलहर देखिन थालेको सुवेदीले बताइन् ।
नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति बाँकेले बाँकेका ८ पालिकाको अधिवेशन एकैसाथ गर्ने भएको छ ।
नेकपा (माओवादी केन्द्र) बाँकेको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी मंसिर २९ र ३० गते पालिका सम्मेलन गर्ने र सोही अनुसार नेताहरुको कार्य बिभाजन गरिएको जिल्ला संयोजक नरेन्द्र पाण्डे ‘जेम्स’ले जानकारी दिए ।
संयोजक जेम्सका अनुसार ‘बाँके जिल्लाका ८१ वडाहरुमा अधिवेशन सम्पन्न भएको साथै पार्टी सदस्यता नवीकरण तथा लेवी अभिलेखिकरण १५ गते सम्म गरी सक्ने र वडाबाटै प्रतिनिधि छनौट गरी मंसिर २५ गते सम्पन्न गरी अधिवेशनमा जाने बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्