वागेश्वरी बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायको सम्भाव्यता अध्ययन

कोहलपुर ।

मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा व्यवस्थापन संकाय अन्तर्गत वि.वि.ए. कार्यक्रमको सम्भाव्यता अध्ययन गरिएको छ । मध्यपश्चिम विश्वविद्यालयका निमित्त उपकुलपति एवम् व्यवस्थापन सङकायका डिन प्रा. डा. दिप बहादुर रावलको नेतृत्वमा मध्यपश्चिम विश्वविद्यालय मुसुमका निर्देशक एवम् क्यु.ए.ए. कार्यक्रमका संयोजक डा. सुशील शाहीको टिमले सम्भाव्यता अध्ययन गरिएको हो ।

वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरले वि.वि.ए कार्यक्रमको लागि २०७८ भदौ ३० गते संचालन गर्ने पाँउ भनेर विश्वविद्यालयमा आवेदन दर्ता गरेको थियो । पुनः वि.वि.ए कार्यक्रमलाई सञ्चालन गर्नका लागि २०७९ भदौ ०६ गते पुनः आवेदन दर्ता गरेको छ ।

लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेश गरी तीन वटा प्रदेशको प्रवेशद्वारका रुपमा रहेको कोहलपुर र भारतको उत्तर प्रदेश रुपैडियासंग जोडिएको कारण पनि यो शैक्षिक हवका रूपमा विकास भइरहेको सर्वविधितै छ ।

बाँकेको नौवस्तामा प्रादेशिक औधोगिक क्षेत्र स्थापना भएको र त्यसको सुरुवात भएकोले पनि कोहलपुरमा उक्त कार्यक्रमको आवश्यक रहेको क्याम्पस प्रमुख दान बहादुर हमालले जानकारी गराए । कोहलपुरको आसपासमा झन्डै २५ बढी माध्यमिक विद्यालयमा व्यवस्थापन समुहको कक्षा ११/१२ पढाई हुने गरेको हमालले जिकिर गरे ।

हमालका अनुसार कोहलपुरमा ११/१२ उतिर्ण गरेका विद्यार्थीहरु हरेक दिन गाडी चढेर प्रत्येक दिन भाडा तिर्दै नेपालगन्ज जाने गरेकोले कोहलपुरको समग्र शैक्षिक विकासको लागि वागेश्वरी क्याम्पसमा वि.वि.ए. कार्यक्रम अनिवार्य आवश्यक छ ।

कोहलपुरमा क्याम्पसका सबै फिडर विद्यालय तथा आम सरोकारवाला निकाय, संस्था, राजनीतिक दल, उद्योगी, व्यापारी लगायत सबैको माग भए अनुसार वि.वि.ए. कार्यक्रम प्रति सबैको चासो भएकोले पनि यसतर्फ विशेष ध्यान दिएर यहि शैक्षिक सत्रदेखि कार्यक्रम सञ्चालन गर्न पाउनुपर्नेमा हमालले जोड दिए ।

यसका लागि विश्वविद्यालयले दिएको बजेटलाई सदुपयोग गरी वि.वि.ए. भवन निर्माण गरी सम्पन्न भएको, फर्निचर तथा कक्षा कोठा डेकुरेशनको लागि टेडर भैइसकेको छ । आफू र आफ्नो टिम विगत वर्षदेखि नै यस कार्यमा लागि परेपनि त्यसको सम्पूर्ण पुर्वाधार नभएकोले जोडबल नगरिएको तर अहिले सम्पूर्ण पुर्वाधार तयार भैइसकेकोले अनिवार्य आवश्यक भएको क्याम्पस प्रमुख हमालले जानकारी दिए ।

औपचारिक कार्यक्रम बोल्दै सम्भाव्यता अध्ययन समितिका संयोजक निमित्त उपकुलपति एवम् व्यवस्थापन संकायका डिन प्राध्यापक डाक्टर दिप बहादुर रावलले आफुहरु सम्भाव्यता अध्ययन गर्न आएको र वि.वि. ए. कार्यक्रमको कोहलपुरमा निकै आवश्यक रहेको बताए । उनले कोहलपुर देशकै ट्रान्जिस्ट स्थान भएकोले यसले तीन वटा प्रदेशको केन्द्र लाई समेटन सक्ने भएकोले यो कार्यक्रम माग गर्नु स्वाभाविक भएको तर्क गरे । कुनै पनि संकाय वा विषय माग गर्ने वितिकै प्राप्त गर्ने नभैइ त्यसको निति, विधि र प्रक्रियाबाट हुने कुराको निर्देशन दिए ।

उनले भने यहाँका आम अभिभावक मात्र होइन फिडर विद्यालय, उधोगवाणिज्य संघ, औधोगिक क्षेत्र, आम नागरिक एवम् सरोकारवाको चासो रहे नरहेको, क्याम्पसमा पुर्वाधार भए नभएको, क्याम्पसमा हाल सम्म सन्चालनमा आएका कार्यक्रमको प्रभावकारिता के कस्तो छ ? आवश्यक जनशक्ति लगायतका आधारमा गहन अध्ययन गरेर मात्र निर्णय हुने तर्क दिए ।

तर पनि बागेश्वरी क्याम्पसमा अब वि.वि.ए. कार्यक्रमको अनिवार्य आवश्यकता रहेको आफुहरुलाई महशुस भएको विश्वास दिलाए । यसै गरि औपचारिक कार्यक्रममा बोल्दै मुसुमका निर्देशक एवम् कार्यदलका सदस्य डा. सुशील शाहिले यो कार्यक्रम कोहलपुरको लागि आवश्यक रहेकोले यसका सम्पूर्ण विधि र पद्धतिलाई विशेष ध्यान दिएर लाग्न अनुरोध गरे ।

यो कार्यक्रम विशुद्ध विद्यार्थी राजनीतिबाट टाढा राखेर सबैको प्रतिवद्ध्ता आवश्यक रहेको जानकारी गराए । उनले अबको केही दिनमा यसको निर्णय आउने भएकोले यसमा ध्यान पुर्वक लाग्न क्याम्पसका सम्पूर्ण टिम लाई निर्देश दिए । कार्यक्रममा पुर्व क्याम्पस प्रमुखहरु सह प्राध्यापक खगराज पन्त, पुर्व क्याम्पस प्रमुख एवम् अर्थशास्त्र, ग्रामीण विकास र समाजशास्त्र विभागका विभागीय प्रमुख रमेशचन्द्र अधिकारी, पुर्व क्याम्पस प्रमुख एवम् व्यवस्थापन विभागका विभागीय प्रमुख ध्रुव कुमार अधिकारी, पुर्व सहायक क्याम्पस प्रमुख सुशील अधिकारी, पाठ्यक्रम तथा मूल्याङकन विभागका विभागीय प्रमुख एकाराज शर्मा, नेपाली विभागका विभागीय प्रमुख खोपिराम वलि, उप प्रा नवीन किशोर रत्न, टेकेन्द्र कुमार महतरा, जीवन सिंह राठौर, राजकुमार चन्द, ललित प्रकाश चन्द, घनश्याम यादव, राजेश थापा, जयकृष्ण न्यौपाने, प्रशाकिय अधिकृत वेदराज लम्साल, वरिष्ठ सहायक शिव रेग्मी, सहायक लेखापाल रमेस बहादुर गुरुङ लगायत क्याम्पसका प्राध्यापक एवम् कर्मचारीको उपस्थित रहेको थियो ।

औपचारिक कार्यक्रमको स्वागत मन्तव्य ध्रुब कुमार अधिकारीले राखेका थिए भने शुभकामना मन्तव्य टेकेन्द्र कुमार महतराले राखेका थिए । औपचारिक कार्यक्रमको प्रमुख अतिथि निमित्त उपकुलपति प्रा.डा. दिप बहादुर रावल तथा विशिस्ट अतिथी डा. सुशील शाहीको आतिथ्यतामा क्याम्पस प्रमुख दान बहादुर हमालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त कार्यक्रमको सञ्चालन खोपीराम वलिले गरेको प्राध्यापक एकराज शर्माले जानकारी गराए । यो सम्भाव्यता अध्ययनले बागेश्वरी बहुमुखी क्याम्पसमा वि वि ए कार्यक्रम आउने निश्चित जस्तो भएकोले यस क्षेत्रका आम विद्यार्थीहरु अब भाडा तिरेर हरेक दिन नेपालगन्ज जना एक घण्टा बाटोको जाम र खर्च गर्नु नपर्ने भएको छ । कोहलपुरको बागेश्वरी बहुमुखी क्याम्पस मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस हो । यो वि.स. २०७५ सालमा उक्त विश्वविद्यालयमा समायोजन भएको थियो ।