Kohalpur Today Header Ads

शिक्षण अस्पताल कोहलपुरमा स्वास्थ्य बीमा सञ्चालन




कोहलपुर ।

लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि. नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आजदेखी स्वास्थ्य बीमा सञ्चालनमा आएको छ ।

उक्त मेडिकल कलेज सहित १० वटा निजी मेडिकल कलेज तथा शिक्षण अस्पतालले पुनः स्वास्थ्य बीमा अन्तरगत सेवा दिने भएका छन्। २ वटा आँखा अस्पताल सहित १२ वटा स्वास्थ्य संस्थामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा आएको छ ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

स्वास्थ्य बीमा बोर्डसंग भएको सम्झौँता अनुसार नै यी संस्थाहरुले आजबाट स्वास्थ्य बीमा कार्यक्रम ल्याएका छन् ।

बीमा बोर्डका अनुसार स्वास्थ्य सेवा दिने गरी स्वास्थ्य बीमा कार्यक्रम लागू भएका अन्य निजी अस्पतालहरुमा काठमाडौँ मेडिकल कलेज टिचिङ हस्पिटल (केएमसी अस्पताल) सिनामंगल काठमाडौँ, मनमोहन मेडिकल कलेज शिक्षण अस्पताल सितापाइला काठमाडौँ, नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटी र किष्ट मेडिकल कलेज टिचिङ हस्पिटल ग्वार्को रहेका छन् ।

त्यसैगरी बी.एण्ड.सी. मेडिकल कलेज शिक्षण अस्पताल झापा, नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल बिराटनगर, बिराट मेडिकल कलेज शिक्षण अस्पताल बिराटनगर, चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुर, देवदह मेडिकल कलेज खैरेनी रुपन्देही रहेका छन् ।

यस्तै आजबाट स्वास्थ्य बीमा सञ्चालन हुने दुई वटा आँखा अस्पतालहरु मध्य बिर्ताज्योति आईकेयर प्रा.लि. झापा र दृष्टि आई अस्पताल पोखरा रहेका छन् ।

नेपालगन्ज मेडिकल कलेज कोहलपुरका अस्पतालका उप निर्देशक डा. दिनेश श्रेष्ठले स्वास्थ्य बीमा लागू भएपछि नेपालगन्जमा रहेको भेरी अस्पताल हुने बीमाका बिरामीहरुको भिडभाड अब कम हुने र बिरामीहरुले सस्तोमा प्राइभेट अस्पतालमा सेवा पाउने बताए ।

काैसिल्या अस्पताल प्रा.लि.
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ साउन १ गते मंगलबार