Kohalpur Today Header Ads

रवि लामिछानेसँगको १० घण्टासम्म चल्यो बयान, फेरि भोलि लिइने




दाङ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बुधबार दोस्रो दिन जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा बयान लिइएको छ।

बिहान सवा १० बजेबाट लामिछानेको भैरहवास्थित जिल्ला सरकारी वकिल कार्यालयमा बयान लिइएको थियो।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

बयान साँझ सवा ७ बजेसम्म १० घण्टा लगाएर लिइएको थियो । सरकारी न्यायाधिवक्ता प्रेमराज पौडेलले बयान करिब करिब अन्तिममा पुगे पनि नसकिएको बताए। बिहीबार बिहान १० बजेबाटै वयान पुनः सुरु हुने उनले जानाकारी दिए। लामिछानेलाई कडा सुरक्षाकाबीच जिल्ला प्रहरी कार्यालयमा लगिएको छ।

लामिछानेलाई प्रहरीको ठूलो घेराबाट सरकारी वकिल कार्यालय प्रवेश गराइएको थियो।

मंगलबार बयानपछि कार्यालयबाट बाहिरिनेक्रममा ‘खोरमा बाघलाई थुन्दैमा स्याल हुँदैन’ भन्ने प्रतिक्रिया दिएपछि प्रहरीले बुधबार उनलाइ थप घेरा हालेर सरकारी वकिल कार्यालय प्रवेश गराएको हो।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको अभियोगमा बयानमा लामिछानेले इन्कारी वयान दिएका छन्।

लामिछानेले आफू सदस्यनै नरहेको सहकारीबाट आफ्नो नाममा ऋण प्रवाह भएको बताउँदै यसबारेमा कुनै जानकारी नरहेको बताएको स्रोतले बताएको छ।

काैसिल्या अस्पताल प्रा.लि.
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ कात्तिक २८ गते बुधबार