काठमाडौँ । करिव डेढ दशक लामो गीत संगीतमा विताएकि सपना शाही लोक दोहरी र देउडा गीतमा अब्बल गायिकाको रुपमा परिचित छिन् । उनको रुन परेपछि, तिम्रो हेराइ ज्यानमारा र देउडा तिन चुलीका अग्ला शिर निकै हिट गित हुन ।
अहिले सम्म चार दर्जन बढि गितमा आवाज दिएकी सपनाले जिवनमा पहिलो पटक लोक आधुनिक गीत गाएर सार्वजनिक गरेकि छिन् ।
भ्यालेन टाइन डे नजिकिदै गर्दा गायिका शाहीले माया प्रेममा आधारित यो माया भन्ने चिज बोलको गीत सिंगर सपना शाही युट्यूब च्यानलबाट सार्वजनिक गरेकि हुन ।
चलचित्र निर्माता समेत रहेका चक्र बहादुर चन्दको शब्द,बरिष्ठ संगितकार विपि अनुरागीको संगीत, मिक्सीङ्ग श्याम स्वयत रसाईली,उत्पादक दुर दर्पण रहेको गीत प्रीज्म स्टुडियोमा रेकडिङ्ग भएको हो गायिका सपना शाहीले भनिन आफ्नो सानै उमेर देखि लोक आधुनिक गीत गाउँने चाहाना अहिले आएर पुरा भएको छ ।
करिव १ बर्षको मेहनतले यो माया भन्ने चिज बोलको गीत बजारमा ल्याएको हुँ सबैले माया गर्नुहोला । निरन्तर गीत संगित कर्ममा लागिरहने बाचा गरेकि सपना शाही आगामी दिनमा थुप्रै गीतहरु बजारमा ल्याउने तयारीमा छिन ।
यस्ताे छ भिडियाे हेर्नुहाेस् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्