Kohalpur Today Header Ads

रुपन्देहीमा रविको बयान आज पनि




दाङ। 

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको रकम अपचलन प्रकरणमा बयानका रुपन्देही ल्याएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आज बुधबार पनि बयान लिइँदै छ ।

पोखराबाट भैरहवा ल्याएका गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्धक लामिछानेको मंगलबार ५ घण्टा बयान लिएको थियो । रुपन्देही प्रहरी प्रवक्ता लक्ष्मी खनालका अनुसार बुधबार बिहान १० बजेदेखि सरकारी वकिलको कार्यालयमा बयान लिइँदै छ ।

LIfe Ok

सम्भवत बुधबार लामिछानेको बयान सकेर पोखरा पठाउने रुपन्देही प्रहरीको तयारी छ ।

मंगलबार बयानमा लामिछानेले इन्कारी बयान दिएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एक प्रहरी अधिकारीका अनुसार रविले आफ्नो नाम लेखेर कसले पैसा जम्मा गरिदियो भन्ने थाहा नभएको बताएका छन् ।

‘म सुप्रिमको सदस्य पनि होइन, ऋणी पनि होइन, कसले मेरो नाम लेखेर बैंकमा रकम जम्मा गरिदियो, त्यो मलाई थाहा भएन,’ रविले बयानमा भनेको कुरा उद्धृत गर्दै ती प्रहरी अधिकारीले भने ।

सुप्रिमबाट वि.स.२०७७ चैत १८ मा रविका नाममा मात्रै दुई करोड रूपैयाँ गएको देखिन्छ । रविले आफ्नो नाममा त्यसरी रकम आएको कुरालाई इन्कार गर्दै आएका छन् । रवि सूर्यदर्शन सहकारी ठगीसँगै, संगठित अपराध, सम्पत्ति शुद्धीकरण र कीर्ते मुद्दामा कात्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् ।

कार्तिक २ गते पक्राउ परेका लामिछानेलाई आइतबार अदालतले रविलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ कात्तिक २८ गते बुधबार