Kohalpur Today Header Ads

७ वर्षपछि ताजिकिस्तानसँग भिड्दै नेपाल




काठमाडौं ।

नेपाली राष्ट्रिय फुटबल टिमले आज मैत्रीपूर्ण फुटबल खेल्दै छ।

ताजिकिस्तानको डुसान्बेमा घरेलु टोलीविरुद्ध नेपाली समय अनुसार साँझ ५:१५ मा प्रतिस्पर्धा गर्न लागेको हो। फिफा विन्डोजअन्तर्गत हुनलागेको मैत्रीपूर्ण खेल नेपालले १ सय ५५ दिन पछि खेल्न लागेको हो। योबीचमा नेपाली सिनियर फुटबल टिमको गतिविधि ठप्प रहेको थियो।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

यस्तोमा राष्ट्रिय टिममा समावेश केही प्लेयर विदेश पलायन भएका छन्। भने नियमित खेल्ने वातावरण नहुँदा नेपालको प्रदर्शन कस्तो हुने भन्ने टुंगो छैन्। १३ देखि १९ नोभेम्बर सम्मको फिफा विन्डोभित्र क्लब फुटबल स्थगित गरेर अन्तर्राष्ट्रिय खेल हुने गर्दछ। युरोपमा नेसन्स लिग तथा दक्षिण अमेरिकामा विश्वकप छनोटका खेलहरु पनि हुँदै छन्।

नेपालले यसअघि फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोटअन्तर्गत साउदी अरेबियामा यमनविरुद्ध २९ जेठ (जुन ११) मा प्रतिस्पर्धा गरेको थियो। उक्त खेलमा २-२ को बराबरी खेलेयता नेपालले कुनैपनि अन्तर्राष्ट्रिय खेल खेलेको छैन्। विश्वकप छनोटअन्तर्गत समूह ‘एफ’मा रहेको नेपालले समूहको अन्तिम खेलमा यमनविरुद्ध गोलको खडेरी तोडेपनि अघिल्लो चरण पुग्न असफल भएको थियो।

गत सेप्टेम्बरमा फिफा विन्डो रहेपनि अखिल नेपाल फुटबल संघ (एन्फा) ले कुनैपनि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आयोजना गर्न सकेको थिएन्। नेपालले यो खेलका लागि प्रशिक्षकका रुपमा नविन न्यौपानेलाई चयन गरेको छ। इटालियन कोच भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता नवीकरण नगरेको एन्फाले दुई मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टिमका पूर्वखेलाडीलाई अन्तरिम मुख्य प्रशिक्षक बनाएको हो।

ताजिकिस्तानमा नेपालले खेल्ने दुवै विपक्षी टिमहरु नेपालभन्दा बलिया र वरियतामा माथि रहेकाले स्वभाविक रुपमा नेपाल दबाबमा रहने छ। नेपाल फिफा वरियताको १७६ औं स्थानमा रहँदा ताजिकिस्तान १०५ औं र अफगानिस्तान १५१ औं स्थानमा रहेको छ।

नविन न्यौपानेले छोटो तयारी र आफू भन्दा बलियो टिम भएकाले मिहिनेत धेरै गर्नु पर्ने बताए। उनले भने ‘ताजकिस्तान बलियो टिम हो,’ न्यौपानेले डुसान्बेमा खेल अघि आयोजित पत्रकार सम्मेलनमा भने, ‘हामीले ताजकिस्तानसँग तीनपल्ट खेलिसकेका छौं । कडा मिहिनेत गर्दै संगठित रूपमा काउन्टरमा गोलको प्रयास गर्ने छौं। खेलमा १-२ अवसर आउँछ र त्यसलाई उपयोग गर्दै सकारात्मक नतिजा दिनेछौं ।’

ताजीकिस्तानसँग नेपालले यसअघि सन् २०१७ मा एएफसी एसियन कप छनोटका दुइ खेल खेलेको थियो। दुबै खेलमा नेपाल पराजित भएको थियो। २०१७ को सेप्टेम्बर ५ मा भएको खेलमा २-१ को हार भोगेको नेपाल १० सेप्टेम्बर मा भएको खेलमा ३-० ले हारेको थियो। त्यसयता यि दुई टिमबिच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। दोस्रो खेलमा नेपालले १ मंसिरमा अफगानिस्तानसँग खेल्ने कार्यतालिका रहेको छ।

काैसिल्या अस्पताल प्रा.लि.
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ कात्तिक २८ गते बुधबार