Kohalpur Today Header Ads

दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ३५ घाइते




काठमाडौँ । दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका-१३ बखरियामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु र भने ३५ जना घाइते भएका हुन्।

दुर्घटनामा दंगीशरण गाउँपालिका-१ सिमलताराका २५ वर्षीय नारायण भण्डारी र शान्ता खड्का चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

दंगीशरन्को गोल्टाकुरीबाट तुलसीपुरतर्फ जाँदै गरेको यात्रुवाहक बस ना ४ ख ४००९ नम्बर र तुलसीपुरबाट बखरिया जाँदै गरेको ज्ञान ज्योति बोर्डिङ स्कुलको रा १ क ८७० नम्बरको खाली बस एकआपसमा ठोक्किँदा यात्रुवाहक बस करिब सडकदेखि करिब ५ मिटर तल खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

घाइतेहरू सबैलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको छ। दुवै बसका चालकहरूलाई प्रहरी नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

काैसिल्या अस्पताल प्रा.लि.
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ जेठ २५ गते आइतबार