एक दिन भगवानलाई पृथ्वीको भ्रमण गर्ने इच्छा लाग्यो । उनले मान्टेको रुप धारणा गरे । अनि पृथ्वीको विभिन्न ठाउँको भ्रमण गरे । घुमघामको क्रममा उनी मन्दिर, शहर, गाउँ, जङगल लगायतका धेरै ठाउँमा पुगे । उनले कतै धनी मानिसहरु देखे भने कतै अत्यन्त गरिबहरु भेटे । एउटा मन्दिरको छेउमा एउटा भिखारी भिक्षा माग्दै थियो । ऊ भगवानलाई सम्झँदै आफूलाई सम्पन्न बनाइदिन अनुरोध गर्दै थियो । भगवानले उसको कुरा सुने ।
भगवानलाई त्यो भिखारीलाई परिक्षा लिने इच्छा भयो अनि उनले आफ्नो भेष भिखारीको रुपमा परिवर्तन गरे अनि त्यहि भिखारीको छेउमा गएर आफूलाई भिक्षा दिन अनुरोध गरे । पहिलो भिखारीले आफू त महादेव उतानो पर कसले देला बर भन्दै आफ्नो थैलोबाट एक गेडो मकै झिक्यो र भिखारी रुपी भगवानलाई एक गेडो मकै दिएको भिखारी आफू केही पाउँला भनेको त उल्टो अरुलाई दिनुप¥र्यो भन्दै निराश भएर आफू बस्ने पाटीतिर गयो ।
पाटीमा पुगेर उसले आफ्नो थैलीबाट सबै समान नाङ्गलोमा खन्यायो । नाङ्लोमा खन्याएको मकैको थुप्रोमा उसले एक टुक्रा सुन देख्यो । आफ्नो थैलोमा सुन फेला परेपछि उसले त्यसको रहस्य बुझ्यो ।
भिखारीलाई एक गेडो मकै दिएको भएर आफ्नो एक गेडो परेपछि सुन भएको ठान्दै भिखारीलाई धेरै मकै दिन पाएको भए धेरै सुन हुने रहेछ भन्ने सोर ऊ पछुतायो । आफूले जति अरुको उपकार हुने काम गरिन्छ, आफूलाई पनि ईश्वरले त्यति नै सघाँउछन् भन्ने कुरा त्यो भिखारीले बल्ल चाल पायो । त्यसैले त भन्छौं अरुलाई केही दिँदा खेरी पनि हामीले लोभ गर्नुहुन्न हामीले लोभ गरे भने कहिले पनि कर्मको फल पाईदैन ।
प्रस्तुति : सुनिसा चन्द
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्