क्यानभास स्कुलले मनायो सरस्वती पुजा

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका ८ मा रहेको क्यानभास बोडिङ्ग स्कुलले सरस्वती पुजा भव्य रुपमा मनाएको छ । विहानैदेखि सरस्वती पुजा आरम्भ गर्दै बालबालिकालाई निःशुल्क भर्ना गरिएको थियो ।

कोहलपुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष लाल बहादुर राना, ९ का वडा अध्यक्ष ओपेन्द्र नाथ योगी र प्याब्सन बाँकेका अध्यक्ष यम रावतले कोहलपुरलाई शैक्षिक हव निर्माण गरी तीनै प्रदेशका बालबालिकालाई कोहलपुरमा केन्द्रित गर्न सबैको एउटै आवाज हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल अस्मिता पुन मगरले बालबालिकालाई गुणस्तरीय र व्यवहारीक शिक्षा प्रदान गर्दै आइरहेको भन्दै आफ्ना बालबालिकालाई विद्यालयमा भर्ना गर्नुहुन अनुरोध गरिन् ।

यस्तै विद्यालयका संस्थापक चन्द्र बुढाले बालबालिकाहरुलाई प्रभावकारी र व्यहारिक शिक्षा प्रदान गरिरहेको भन्दै अभिभावकलाई ढुक्क हुन अनुरोध गरे ।

सरस्वती पुजामा विभिन्न साँस्कृति कार्यक्रम गरेका थिए । कार्यक्रममा अभिभावक, विद्यार्थी लगायतको उपस्थित रहेको थियो ।