मध्यपश्चिम विश्वविद्यालयमा आंशिक उप प्राध्यापकहरु : अनवरत प्राज्ञिक सेवा र साझेदारी तर न सेवा सुरक्षा न पोर्टफोलियो

विषय प्रवेश

अध्ययन, प्राध्यापन र अनुसन्धानद्धारा गुणात्मक र स्तरीय उच्च शिक्षाको अवसर सवै क्षेत्रका जनतालाई सुलभ रुपमा उपलव्ध गराई दक्ष जनशक्तिको आपुर्ती गर्ने ध्येयले मध्यपश्चिम विश्वविद्यालय ऐन, २०६७ बमोजिम स्थापना भएको मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत ७ ग्रयाजुयट स्कुलहरु र १० वटा आङ्गिक क्यापसहरु रहेका छन् । साथै मुसोम (MUSOM) स्वयत्त संस्थाका रुपमा रहेको छ ।

ज्ञानको उत्पादन, प्राज्ञिक अन्वेषण र हस्तान्तरण तथा समाजको ऐनाका रुपमा स्थापित यस विश्वविद्यालयले आफ्नो अस्तित्वलाई समाज, राष्ट्र र अन्तर्राष्ट्रिय परिवेशमा आफ्नो पहिचान बनाउने गन्तव्य निर्देशित हुँदैछ। विश्वविद्यालयको ध्येय प्राप्तिका लागि नीतिगत विचारक (Policy Tank) का रुपमा सरकार, कार्यान्वयन पक्ष (Implementation Factor) का रुपमा लुभ्ध प्रतिष्टित प्राध्यापक क्षेत्र तथा विद्यार्थीहरु र निगरानी (Watch Dog) र सहकार्य (Facilitation) का लागि नागरिक समाजको महत्वपूर्ण सहयोग रहेको छ र रहनुपर्नेछ ।

मध्यपश्चिम विश्वविद्यालयवाट मुलुकले उत्कृष्टताको अपेक्षा गरेको हुन्छ । त्यसैले यस क्षेत्रलाई Academic Excellence को रुपमा विकास गरिनु जरुरी छ न की विश्वविद्यालयहरुको संख्यात्मक बढोत्तरीका रुपमा। उपल्लो तहमा सक्षम नेतृत्वका लागि विश्वविद्यालयले भर्खरै मात्र उपकुलतिको छनौट प्रक्रियालाई प्रतिस्पर्धाको कसीमा टुंगो लगाएको छ र सो प्रतिस्पर्धावाट उपकुलपतिका रुपमा प्रा.डा. ध्रुव कुमार गौतमलाई नियुक्त गरिएको छ ।

मध्यपश्चिम विश्वविद्यालयको नेतृत्वलाई पहिलो कुरा अभाव, दवाव र प्रभाववाट मुक्त भै प्राज्ञिक आचरणमा समरुपता (Homogeneity in Professional Ethics) तथा ज्ञान र विचारहरुमा विविधता (Diversity in Thought) मार्फत मध्यपश्चिम विश्वविद्यालयलाई ज्ञानको विश्वव्यापी पहुँच र अवसरको थलोका रुपमा विकास गर्नु सवै भन्दा चुनौतीको रुपमा रहेको छ ।

दोस्रो, उपयुक्त मानव संशाधनलाई सही समय र सही पद (Right person in right time at right place) मा कार्यसम्पादनको जिम्मेवारी सुम्पेर संस्थागत सक्षमता (Institutional Capacity) बढोत्तरी गर्नुपर्नेछ जसका लागि मानव संशाधन रणनीतिलाई पुनर्निधारण (Reconfiguration) गर्नुपर्ने चुनौती रहनसक्छ ।

तेस्रो, प्रमाणपत्रको विद्धता (Brochure Talent) लाई भन्दा प्रस्तुती र परिमाणात्मक विद्धता (Work Talent) लाई अवलम्वन गर्ने मानकहरु र सो अनुरुपको कार्यसम्पादनमा आधारित कार्यसंञ्चियीका (Performance Based Portfolio) लागू गर्नुपर्नेछ जुन कुरा पदको पगरी मात्र गथ्ने र कार्यक्षेत्रमा अहोरात्र खटिने शिक्षक कर्मचारीहरुवीचको विचलनलाई न्युनीकरण गर्न अचुक र परिमाणात्मक रणनीतिका रुपमा अगाडि वढाउनु अर्को चुनौती रहेको छ ।

वाहिरको दवाव र वल प्रयोग नगरेसम्म काममा नलाग्ने यथास्थितिवादी प्रवृत्ति (Administrative Inertia), साधनस्रोत र वजेटमा अत्याधिक ध्यान दिने तर नतिजामा ध्यान नदिने तथा अपेक्षा गरे भन्दा विपरीत उपलव्धि देखाउने प्रवृत्ति (Counterproductive) कारण विगतको नेतृत्व विश्वविद्यालयका चुनौतीलाई व्यवस्थापन गर्नुको साटो झन चक्रपातमा फसाउन उद्यत देखिएकोले वर्तमान नेतृत्वलाई विश्वविद्यालयका चुनौतीलाई व्यवस्थापन पेचिलो तर अवसरको रुपमा रहेको छ ।

मध्यपश्चिम विश्वविद्यालयमा आंशिक उप प्राध्यापकहरुको आन्दोलन र यथार्थता

शैक्षिक अवसर, गुणस्तर, योग्यता प्रणाली र आवश्यकता सिद्धान्तमा आधारित रहेर लिखित, मौखिक र कक्षा प्रस्तुतीकरणका सवै खाले मापदण्ड पुरा गरी विश्वविद्यालयमा अनवरत रुपमा लामो समयदेखि कार्य विशिष्टिकरण, पूर्ण कार्यभार र न्युन पारिश्रमिकमा कार्यरत आंशिक उप प्राध्यापकहरु विश्वविद्यालयको हकमा ग्राउण्ड लेभलमा कार्य जिम्मेवारी (Task Responsibility) मा रहेका तर वृत्ति प्रणालीमा असुरक्षित (Job Unsecure) हरुको प्राज्ञिक समुह हो ।

पाठ्यक्रम, शिक्षण विधि, मूल्याङ्कन र अन्य सवै खाले प्रक्रियाहरुमा संलग्न रही विद्यार्थीहरुमा सक्षमता विकास मार्फत विश्वविद्यालयको ध्येय पुरा गराउन आंशिक उप प्राध्यापकहरुको भुमिका वर्णनीय छ । निश्चित समयसम्म राम्रो कार्य गरिसकेपछि Victor H. Vroom को Expectancy Theory ले झै आंशिक उप प्राध्यापकहरुले वृत्ति विकास, विद्धता र प्रगतिको अपेक्षा राख्नु स्वाभाविक नै छ ।

लामो समयसम्मको कार्य अनुभव, पूर्ण कक्षाभार, विषयगत आवश्यकताका सवै मापदण्डहरुमा विश्वविद्यालयको शैक्षिक उन्नयन र गुणस्तर सुनिश्चितताका लागि अनवरत सेवा गरिरहदा पनि विभेद र अन्यायको महसुस गरिरहँदा त्यसको प्रत्यक्ष वा परोक्ष (Explicit or Implicit) असर सरोकारवाला सवै पक्षहरुमा परिरहेको छ । गुनासो सुन्ने संयन्त्र मस्त निदाइरहने र सौदाका सहमतिहरुमा लेखिएका अक्षरहरुको मसि नसुक्दै त्यसको तोडमोरड अपव्याख्या गरिनु मुल्यप्रतिको सम्मान (Respect of Value) को वर्खिलाप देखिएको छ ।

मध्य पश्चिम विश्वविद्यालयको उद्देश्य प्राप्त गर्नका लागि आवश्यक जनशक्तिको वृत्तिविकास कार्यक्रमको स्वीकृत गरी सो अनुरुप गर्ने गराउने तथा नीतिगत रुपमा करार नियुक्तिको अधिकार कार्यकारी परिषदलाई दिइएको छ ९शैक्षिक प्रशासनिक नियमावली, २०६९० । यसै गरी मध्यपश्चिम विश्वविद्यालय शिक्षक कर्मचारी नियमाली, २०६९ को नियम ९(१), १०(१), १०(३) मा पनि करार नियुक्ति सम्वन्धि व्यवस्था गरिएको छ ।

सवै आंशिक उप प्राध्यापकहरुलाई समन्यायिक र समुचित व्यवहार गर्ने नीतिगत व्यवस्था, सो अनुरुपको कार्यगत व्यवहार र समयोचित व्यवस्थापन हुन नसक्दा विश्वविद्यालयको व्यवस्थापकीय पक्षमाथि नैतिकताको प्रश्न तेर्सिनु स्वाभाविक भएतापनि आंशिक उप प्राध्यापकहरुको विश्वविद्यालयमा लामो समयको श्रम, उर्जाशिल समयको योगदान, वौद्धिकताको अनुभवको आधिकारीकतामा प्रश्न उठ्ने गरेको छ । तदर्थ र अन्यायपूर्ण रुपमा गरिएका नीतिगत निर्णयहरु (Black Box Model Decisions) ले न त आंशिक उप प्राध्यापकहरुको जागिर सुरक्षा (Job Security) सुनिश्चित देखिन्छ न त प्राज्ञिक कार्यसंञ्चियीका (Academic Portfolio) नै सुनिश्चित देखिन्छ।

न सेवा सुरक्षा न त पोर्टफोलियो

जव व्यक्तिले समानस्तरको योगदानमा असमानताको अनुभूति गर्छ तव उसले J. Stacy Adams को Equity Theory मा झै विविध प्रतिक्रियाहरु देखाउन थाल्छ । विश्वविद्यालयको स्थापनाकालदेखि हाल सम्मका नेतृत्वमा Academic Excellency को अव्वलता देखिएता पनि Intellectual Integrity अभावका कारण तदर्थ निर्णयहरु गरिंदा विश्वविद्यालयका संयन्त्रहरु (Policy Wings, Academic Wings र Monitoring Wings) स्वार्थ समुहहरु (Policy Mafia) को चंगुलमा फसेको देखिन्छ । न विधि, न त प्रक्रिया, न त कुनै पोर्टफोलियो, न त विज्ञता छ., केही व्यक्तिहरुलाई नियुक्ति गर्ने कार्यकारी परिषदको तदर्थ र असमान निर्णय गर्ने र लामो समयदेखि कार्यरत आंशिक उप प्राध्यापकहरुलाई विभेद गरिरहने असमान र अन्यायपूर्ण व्यवहारको प्रतिक्रिया स्वरुप केही असमझदारीको स्थिति यस मध्य पश्चिम विश्वविद्यालयमा देखिएको छ ।

विश्वविद्यालयको सेवालाई नै वृत्ति पथ मानेर अनवरत रुपमा कार्यरत आंशिक उप प्राध्यापकहरु अन्य विश्वविद्यालयहरु भन्दा सेवा प्रवेशको पृथक परिवेश (लिखित, मौखिक र कक्षा प्रस्तुतीकरण) पुरा गरेर योग्यता प्रणालीको मानक पुरा गरेका छन् । पूर्ण कक्षाभारमा अनवरत रुपमा कक्षाकोठामा आफ्नो जिम्मेवारीको पाठ्यक्रम विद्यार्थीहरुमा सहजीकरण गर्ने सन्दर्भमा अहोरात्र तल्लिन छन् । त्यसैले, पेशा, सेवा र प्राज्ञिक कार्यहरुमा सक्षम र अव्वलताको कसरी न्यायिक र सामयिक व्यवस्थापन गरिनुपर्दछ भन्ने कुराको लागि सम्वन्धित निकायले नैतिकता लिनु अनिवार्य छ । न्यायिक र सुरक्षणको अनुभूति गराउन सक्ने विधि, प्रक्रिया र मापदण्डको व्यवस्था मार्फत सांगठनिक र आंशिक उप प्राध्यापकहरु दुवैको ध्येय पुरा गरी विश्वविद्यालयको साख सिर्जना गर्न सकिन्छ ।

अन्त्यमा, विश्वविद्यालयको भौतिक संरचना, शैक्षिक प्रशासनिक र अनुसन्धान तथा अन्वेषणका सवै संयन्त्रहरुको दिगो, छरितो र प्रभावकारी व्यवस्थापनका लागि उच्च मनोेवल र विश्वासले अभिप्रेरित जनशक्तिको आवश्यकता पर्दछ । उत्प्रेरणा र सम्भावना देखेको जनशक्तिलाई सामयिक रुपमा क्रमशः विधि र प्रक्रियाको मापदण्डमा राखेर व्यवस्थापन गर्नुपर्ने देखिन्छ । परस्पर विरोधी र द्धन्द्धको जड नभै आंशिक उप प्राध्यापकहरु लामो समयदेखि साझेदारका रुपमा रहेकाले जेष्ठता र योग्यता प्रणालीको मिश्रित कार्यविधिमा व्यवस्थापन गर्दै लैजानुको विकल्प देखिदैन । आन्दोलन वाध्यात्क र सांकेतिक हुन्छ । सही समयमा व्यवस्थापन गर्नु सम्वन्धित पक्षको विवेकशील कार्य हो । मध्य पश्चिम विश्वविद्यालयको उद्देश्य पुरा गर्ने महाअभियानका सहयात्री, प्राज्ञिक पथप्रदर्शक र समाज रुपान्तरणका लागि योग्य जनशक्ति विकासमा सदैव सहकार्यका लागि आंशिक उप प्राध्यापकहरुको भुमिकालाई विश्वविद्यालयको नेतृत्व (Managerial Integrity) ले व्यवस्थापकीय एकीकरण (Academic Excellency) को पक्षमा वौद्धिकता देखाउनुपर्नेछ ।

(लेखक मध्यपश्चिम विश्वविद्यालय, केन्द्रीय क्यापसको आंशिक उप प्राध्यापक संघको अध्यक्ष हुनुहुन्छ)