Kohalpur Today Header Ads

नक्कली प्रेसको गाडीभित्र नक्कली नै पत्रकार




काठमाडौं ।

राजस्व छली गरेर ल्याएको सामानसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले आइतवार राति ललितपुर महानगरपालिका वडा नम्बर २६ चिवहालबाट सामान सहित दुई जनालाई नियन्त्रणमा लिएको हो।

LIfe Ok

बारा जितपुर सिमरा उपमहानगरपालि १४ डुम्बरवाना बस्ने ३४ वर्षीय दीपकप्रसाद लामिछाने र भारत बिहार, मोतिहारी छतौनीका सचिन कुमार चौरासियालाई नियन्त्रणमा लिएको हो।

राति वाग्मती प्रदेश ०१-०२६ च ८९८० नम्बरको गाडीको अगाडि सिसामा प्रेस लेखिएको स्टिकर टाँसिएको थियो। त्यसपछि प्रहरीले पाएको सुचना अनुसार गाडी रोकेर चेक गर्‍यो। सवारी साधनभित्र म्याद सकिएको प्रेस परिचय-पत्र भेटिएको थियो।

त्यसपछि बिल तथा कागजात नभएका रजनीगन्धा, तुलसी, पासपास, खैनी, गुड्खाहरु, कत्थासमेत भेटिएको प्रहरीले जानकारी दिएको छ। अन्दाजी बीस लाख रुपैयाँ बराबरको सामान जफत भएको हो।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० जेठ २२ गते सोमबार