नेपाल प्रहरीको सहायक निरीक्षक (असई) हुँ भन्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक-८ डोलेश्वर घर बताउने बर्ष २६ को सोनाम तामाङ रहेका छन् । बुधबार बिहान काठमाडौं महानगरपालिका-२८ भद्रकाली स्थित वेकप्वाइन्टमा चेकजाँच गर्ने क्रममा तामाङले प्रहरी जवान लालु प्रसाद यादवसँग आफूलाई असई बताएका थिए ।
शंका लागी तामाङलाई खानतलासी गर्दा उनको साथबाट असईको ड्रेस र दर्ज्यानीसमेत लगाएको ८ वटा पासपोर्ट साइजको फोटा फेला परेको थियो ।
तामाङलाई नियन्त्रणमा लिएर प्रहरी बृत्त सिंहदरवारबाट थप अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्