राप्तीसोनारीको शम्शेरगजमा कृषि मेला सम्पन्न




कोहलपुर २८ पुस
राप्तीसोनारी गाउँपालिका वडा न ८ शम्शेरगजमा शुक्रबार कृषि मेला सम्पन्न भएको छ ! सिमिट को आयोजना राप्तीसोनारी गाउँपालिका,नेपाल कृषि अनुसन्धान परिषद र कृषि उद्यम केन्द्रको समन्वयमा संचालन भएको मेलाको प्रमुख अथिती तथा लुम्बिनी प्रद्शे शहरी विकास मन्त्री कृष्णा केसी नमुनाले उदघाट्न गरेकी थिइनँ ।

उदघाटन कार्यक्रममा बोल्दै मन्त्री नमुनाले स्थानीय उत्पादनको बजारीकरणका लागी मेलाले सहयोग गर्ने बताउदै प्रदेश कार्यक्रम अन्तर्गतका कृषि स्मार्ट गाउँहरुमा कृषि जन्य सामाग्रीहरु उत्पादन गर्नुपर्नेमा जोड दिइन कार्यक्रममा बोल्दै राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले परम्परागत शैलीमा गरिरहेको खेती प्रणालीलाइ अब आधुनिककरण गर्नुपर्ने बताए ! राप्तीसोनारीमा उर्वर भुमी भएकोले उत्पादनमा जोडिनु पर्ने पौडेलले आग्रह समेत गरे!

मेलामा विभिन्न बिउबुजिन,कृषि सामाग्री ,किटनाशाक औसधि ,स्थानीय उत्पादनहरुका २० वटा स्टलहरु राखिएको थियोे !

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० पुस २८ गते शनिबार