सहिद – बलिदानी गीत




सहिद – बलिदानी गीत

दियौ रक्तको दान यो देशलाई
तिर्यो वा छ तिर्नै नि भारा लगाई
बरु क्रुर अन्याय मृत्यु सहेर
सुबाटो जनायो अगुवा बनेर

(१)

उज्यालो बनाई सबै देशलाई
थियो हेर्न त्यो चाह धर्ती हँसाई
न अन्याय सह्यौ न विकृति रोज्यौ
बरु भिख प्राणको दिने मार्ग रोज्यौ

(२)

बरु चढ्न फाँसी मनै भो तिमीमा
सहेनौ अन्याय यो मातृ भूमिमा
छ बाँकी यहाँ त हुन नै उज्यालो
लुटिन्छौ कि भन्ने संधैको पिरलो

(३)

अझै देश नाड्गो छ भोकै छ गाउँ
अझै छैन चिन्ता कसोरी बनाऊ
अझै रात कालो अँध्यारो निसम्मै
अझै छैन गासबास् किन हामीसगै ?

(४)

कुनै चौकिदार कुनै खाडी भोग्छन्
अझै छातीमा शुल तरवार घोच्छन
अझै लड्नु पर्ने छ बेला यता त
अझै बाल्नु पर्ने छ बत्ती यता त

(५)

कतै पालुवामै थुतिन्छन् ती वेर्ना
कति भुँडी भर्छन् ढाडिन्छन् यी किर्ना
सिटामोल धरी छैन पा को सबैले
त्यसैले त अनशन् बस्याछन् कसैले

(६)

लेखिए यी लाईन सपूतहरुका
सधा सम्झी राखौ तपस्या शहिद्का
न होस् स्वप्न खेरा यही कामना छ
फुलोस् देश हाम्रो यही चाहना छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ माघ १६ गते आइतबार