खोकी लागेर हैरान हुनुभएको छ ? यस्ता घरेलु उपायले हुनेछ निको




सुख्खा खोकी होस् वा कफ आउने खोकीले छाती मात्रै दुख्दैन यसले पेट रकरङसमेत दुख्छ । केही घरेलु उपाय अपनाएर सुख्खा खोकीबाट बच्न सकिन्छ ।

सुख्खा खोकीले पनि घाँटी दुख्छ । यस्तो अवस्थामा घाँटीलाई आराम दिन मनतातो पानी पिएर आफूलाई हाइड्रेटेड राख्नुहोस्।
सानो चुस्कीले तातोपानी पिउनाले खोकी कम गर्न सकिन्छ ।

सुख्खा खोकीबाट छुटकारा पाउन वाफ लिनुहोस्। कागती र मह मिसाएर मनतातो पानी पिउनुहोस्, यसले घाँटीलाई आराम दिन्छ ।

महले घाँटी दुख्ने मात्र होइन घाँटीको इन्फेक्सनलाई पनि निको पार्छ । यसका लागि आधा गिलास मनतातो पानीमा २ चम्चा मह मिसाएर पिउनुहोस् । दैनिक यो विधि अपनाएमा सुख्खा खोकीमा आराम मिल्छ ।

एक टुक्रा अदुवामा एक चिम्टी नुन हालेर मुखमा हालेर चुस्नुहोस्। यसको रस बिस्तारै मुख भित्र जान दिनुहोस्। यसलाई ५ मिनेटसम्म मुखमा राख्नुहोस् र त्यसपछि कुल्ला गर्नुहोस्।

कफसहितको खोकी लाग्दा बारम्बार थुक्नु पर्छ। कफ थुक्दा, ध्यान राख्नुहोस् कि तपाईंले नियमित रूपमा थुक्ने भाडोलाई कीटाणुरहित बनाउनुपर्छ ।

मनतातो पानी, सूप, हर्बल चिया र डेकोक्शनले आफूलाई हाइड्रेटेड राख्नुहोस्। फोक्सोमा भएको कफलाई हल्का बनाउन दिनमा कम्तीमा तीन पटक वाफ लिनुहोस्। राति सुत्दा उत्तानो पर्नुको सट्टा दायाँ वा बायाँ कोल्टे परेर सुत्नुहोस्। यसले कफ चाँडै बाहिर आउन मद्दत गर्न सक्छ।

राति सुत्नुभन्दा ३० मिनेट अगाडि १.५ चम्चा मह खाँदा कफ कम हुन्छ र राम्रो निद्रा लाग्छ । अदुवामा प्रचुर मात्रामा एन्टी इन्फ्लेमेटरी र एन्टिअक्सिडेन्ट गुण हुन्छ । दिनमा दुईदेखि तीन कप अदुवाको चिया पिउनाले घाँटीमा आराम मिल्छ। यो उपाय कफसहितको खोकी निको पार्न निकै प्रभावकारी रहेको छ । एजेन्सी

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ माघ १४ गते शुक्रबार