ट्राफिक जरिवानाको भुक्तानी अब इसेवाबाटै

कोहलपुर ।

लुम्बिनि र कर्णालि प्रदेश अन्तर्गतका बाँके, सुर्खेत, दैलेख र सल्यान जिल्लाहरुबाट जारी भएका ट्राफिक जरिवानाको भुक्तानी अब इसेवा एपबाट सजिलै गर्न मिल्ने भएको छ ।

इ-सेवा एपभित्र रहेको Gov. Payment मा गएर Traffic Police Fine payment भन्ने अप्सन छान्ने, ड्रपडाउनमा आर्थिक बर्ष, प्रदेश र जिल्ला छान्ने र अन्त्यमा आफ्नो चिट नम्बर राखेर भुक्तानी सम्पन्न गर्न सकिनेछ ।

हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोफाइल मार्फत ७५ लाख बढि ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका २ लाख १५ हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) मार्फत अप्रत्यक्ष रुपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेका छन् ।

नेपाल सरकारको डिजिटल नेपालको अवधारणालाई टेवा पुर्याउनेक्रममा हाल इसेवाबाट आन्तरिक राजश्व कार्यालय, लोक सेवा आयोग, शिक्षक सेवा आयोग, राहदानी , कन्सुलर सेवा विभाग लगायत अन्य विविध राजश्व रकम भुक्तानी गर्नमिल्ने ब्यबस्था छ ।