काठमाडौं ।
चीनको हाङझाउमा हुने एसियन गेम्सका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रोहित पौडेलको कप्तानीमा एसियन गेम्स खेल्ने १५ सदस्यीय टोलीको घोषणा गरेको हो।
विनोद भण्डारी, अविनास बोहोरा र विवेक कुमार यादवले लामो समयपछि टोलीमा पुनरागमन गरेका छन्। नेपालले असोज १० गते मंगोलिया र १४ गते मालदिभ्ससँग खेल्नेछ। समुह चरण पार गरे नेपालले टेष्ट टोलीसँग स्पर्धा गर्ने मौका पाउनेछ।
एसियन गेम्स खेल्ने टोलीः
रोहित पौडेल(कप्तान), करण केसी,आशिफ शेख(विकेटकिपर), कुशल मल्ल, गुलसन झा, सोमपाल कामी, सन्दीप जोरा, विनोद भण्डारी, कुशल भुर्तेल, दिपेन्द्रसिंह ऐरि, ललित राजवंशी, विवेक कुमार यादव, अविनास बोहोरा,प्रतिश जि.सी र सन्दीप लामिछाने।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्