फ्लोअफ : मदरसामा गठन भयो विव्यस, जनता मावि भने विवाद कायमै




कोहलपुर ।

कोहलपुर नगरपालिका-४ मा रहेको हिमालय मदरसा गरीब नवाज प्राथमिक विद्यालयमा विव्यस गठन भएको छ । हिमालय मदरसामा १०६ जना अभिभावक छन् तर राजनितिक दलको सहमति नभएकोले विव्यस गठन हुन सकेको थिएन ।

आज (शुक्रबार) राजनितिक सहमतिबाट ४ जना सदस्यहरुलाई मनोनित गरी विव्यस गठन गरेको हो । विव्यस अध्यक्ष पदको लागि भने अझै टुंगो लागेको छैन तर सदस्यहरुबाट मनोनित भएपछि अध्यक्ष पद टुंगिनेछ । सहमतिबाट ४ सदस्य मनोनित गरेका छन् जसमा सौकत अलि बेडुवा, ग्ड्डु वेडुवा, रामकली विक, सुन्दरी थारु रहेका छन् ।

सरस्वती मावि पिपरीमा पनि विव्यस अध्यक्ष पदमा को हुने ? हो भन्ने अझै टुंगो लागेको छैन । सरस्वती माविमा ६ सदस्यीय समिति गठन समेत भइसकेको छ ।
जनता मावि मैटहवा बाहेक अन्य कोहलपुरका सबै विद्यालयहरु विव्यस गठन भइसकेको छ ।

कोहलपुर टुडे डटकमले असार ९ गते विव्यस अध्यक्षमा दलीय भागवण्डाले कोहलपुरका ३५ सय बालबालिकाको भविष्य अन्धकारमा’ भन्ने शिर्षकमा समाचार प्रकाशन गरेको थियो ।

पून :फ्लोअफ, असार १४ गते लक्ष्मी माविमा ३ दिनमै विव्यस गठन, अन्यमा पक्रिया सुरु भन्ने शिर्षकमा समाचार प्रकाशन गरेको थियो ।

पुनः फ्लोअफ, असार २५ गते ‘ज्ञानज्योति माविमा पनि गठन भयो विव्यस, अझै ३ विद्यालयमा विवाद भन्ने शिर्षकमा समाचार प्रकाशन गरेको थियो ।

‘दलीय भागवण्डाले विद्यालय व्यवस्थापन समिति गठन नहुँदा शैक्षिक समस्या ठुलो छ ,’ उनले भने, ‘कसलाई भन्ने? यो समस्या भोग्ने कोहलपुरमा मैटहवा मात्र छ । जनता मावि मैटहवामा मात्रै विव्यस गठन हुन नसकेको प्रअ चन्द्र बहादुर खत्रीले बताए ।

जनता माविमा व्यवस्थापन समिति नहुँदा विद्यार्थीले सामाजिक र विज्ञान विषयगत शिक्षकबाट पढ्न पाएका छैनन । विव्यस समितिको म्याद सकिएको करिब ८ महिना भयो तर राजनैतिक खिचातानीले गर्दा अझै विव्यस गठन गर्न सकेको छैन ।

जनता मावि मैटहवामा शिक्षक नियुक्ति, भौतिक पूर्वाधार विकास, बालबालिकाको दिवा खाजा कार्यक्रम, शैक्षिक कार्यक्रम लागू गर्ने लगायत थुप्रै कामहरु हुन सकेको छैनन् ।

जनता माविमा फोहोरी राजनीतिका कारण विव्यस गठन नहुँदा ५ सय भन्दा बढी बालबालिकाको पठनपाठन हुन सकेको छैन । गत शैक्षिक सत्रबाट माध्यमिक तहमै विद्यार्थीले विषयगत शिक्षक पाएका छैनन् ।

कक्षा सञ्चालन नहुँदा कक्षा १० का बालबालिकाहरुले पठनपाठन नभई परीक्षामा नतिजा राम्रो भएन भने राजनितिक गर्ने व्यक्तिहरुलाई आक्रमण गर्ने समेतको चेतावनी दिएका छन् ।

विव्यस प्रत्यक्ष बालबालिकासँग जोडिएको हुन्छ । भौतिक पूर्वाधार विकास गर्न, कुनै कमीकमजोरी देखिएमा निगरानी गर्न, शिक्षक र कर्मचारीको दरबन्दी स्वीकृत गर्ने, तह अनुसार विद्यार्थी संख्याको आधारमा दरबन्दी मिलान गर्ने, शैक्षिक कार्यक्रम लागू गर्ने, विशेषज्ञ नियुक्ति गर्ने जस्ता काम, कर्तव्य र अधिकार विव्यसमा
हुन्छन् ।

सामुदायिक विद्यालयका शैक्षिक सुधार गर्न दल र नेता गम्भीर छैनन् । कोहलपुरलाई शैक्षिक हब बनाउने चर्को नारा लगाउने दल र तिनका नेताहरुले विद्यालयमा अध्ययनरत बालबालिकाको भविष्यमा नै खेलवाड गरिरहेको भन्दै अभिभावकहरुले दुःख व्यक्त गरिरहेका छन् ।

बालबालिकाको भविष्यमा माथि राजनितिक नगर्ने आग्रह गरेको नगर शिक्षा शाखाका प्रमुख राम बहादुर हमालले बताउँछन् । कोहलपुरका अन्य विद्यालयमा विव्यस गठन भइसकेको अवस्था छ अब जनता माविमा मात्र विव्यस गठन हुन सकेको छैन ।

याे पनि हेर्नुहाेस् ।

विव्यस अध्यक्षमा दलीय भागवण्डाले कोहलपुरका ३५ सय बालबालिकाको भविष्य अन्धकारमा

समाचार प्रभाव : लक्ष्मी माविमा ३ दिनमै विव्यस गठन, अन्यमा पक्रिया सुरु

फ्लोअफ : ज्ञानज्योति माविमा पनि गठन भयो विव्यस, अझै ३ विद्यालयमा विवाद

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० भदौ २२ गते शुक्रबार