फ्लोअफ : ज्ञानज्योति माविमा पनि गठन भयो विव्यस, अझै ३ विद्यालयमा विवाद

हिमालय मदरसामा करिब ६७ जना अभिभावक छन् तर राजनितिक दलको सहमति नभएकोले विव्यस गठन नभएको प्रअ राजेन्द्र केसीले बताउँछन् । ‘दलीय भागवण्डाले विद्यालय व्यवस्थापन समिति गठन नहुँदा शैक्षिक समस्या ठुलो छ,’ उनले भने, ‘कसलाई भन्ने ? यो समस्या भोग्ने कोहलपुरमा मदरसा मात्र छैन । सरस्वती मावि, जनता मावि पनि विव्यस गठन हुन सकेको छैन ।

कोहलपुर टुडे डटकमले असार ९ गते ‘विव्यस अध्यक्षमा दलीय भागवण्डाले कोहलपुरका ३५ सय बालबालिकाको भविष्य अन्धकारमा’ भन्ने शिर्षकमा समाचार प्रकाशन गरेको थियो । पून : फ्लोअफ असार १४ गते ‘लक्ष्मी माविमा ३ दिनमै विव्यस गठन, अन्यमा पक्रिया सुरु’ भन्ने शिर्षकमा समाचार प्रकाशन गरेको थियो ।

आज(सोमबार) ज्ञानज्योति मावि चप्परगौडिमा विव्यस गठन भएको छ । जसको अध्यक्षमा दशरथ पराजुली रहेका छन् । जसको सदस्यमा गुरूवचन चौधरी, सीता सिंह ठकुरी, गोमा सापकोटा, बलराम थारू र धनसरा कामी चुनिएका छन् ।

६ जनाको समिति गठन भएको तर अध्यक्ष पदमा भने अझै टुङ्गिन सकेको छैन सरस्वती मावि प्रअ विशाखर जैसी बताउँछन् । ‘राजनतिक खिचातानीले अध्यक्षको पदमा मात्र टुङ्गिन सकेको छ्रैन,’ जैसी भने, ‘अध्यक्ष टुङ्गिन वित्तिकै नगर अनुदान पाएका गणित र विज्ञान विषयको शिक्षक आवश्यकता निकाल्छौं भनेको पनि हप्ता नै वित्तयो ।’ तर अब गुणस्तरीय शिक्षा पाउने कसरी पाउने भन्ने आश समेत कम हुन लागेको प्रअ जैसीले बताउँछन् ।

विव्यस गठन नुहँदा विद्यालयमा विषयगत शिक्षक छैैनन् । अझै बालबालिकाले पढ्न पाएका छैनन तर काम चलाउ तरिकाले अध्ययन/अध्यापन गराइराखेको प्रअ जैसीले बताए ।

उनले दुःखेसो गरे, ‘राजनीतिक दलहरुले आफ्नो प्रतिष्ठा बचाउन अध्यक्ष पदमा जान निकै जोड गर्नुहुन्छ तर बालबालिकाले शैक्षिक सुधारमा दलको संवेदनशील हुनु भएन ।’

व्यवस्थापन समिति नहुँदाको मार निमावि र माविका विद्यार्थीले सामाजिक र विज्ञान विषयगत शिक्षकबाट पढ्न पाएका छैनन । कोहलपुरमा कम्तीमा ६ महिनादेखि बढीमा एक वर्षसम्म पनि विव्यस गठन नभएका विद्यालयको संख्या ३ छ ।

हिमालय मदरसा प्रावि बेलनपुर, सरस्वती मावि पिपरी, जनता मावि मैटहवा पनि व्यवस्थापन समिति विहीन छन् । यी विद्यालयमा शिक्षक नियुक्ति, भौतिक पूर्वाधार विकास, बालबालिकाको दिवा खाजा कार्यक्रम, शैक्षिक कार्यक्रम लागू गर्ने लगायत थुप्रै कामहरु हुन सकेको छैनन् ।

कोहलपुरका सामुदायिक विद्यालयमा फोहोरी राजनीतिका कारण विव्यस गठन नहुँदा १५ सय भन्दा बढी बालबालिकाको पठनपाठन हुन सकेको छैन । गत शैक्षिक सत्रबाट माध्यमिक तहमै विद्यार्थीले विषयगत शिक्षक पाएका छैनन् । अधिकांश विद्यालयमा गणित, विज्ञान र सामाजिक विषयका शिक्षकको अभाव छ ।

विव्यस प्रत्यक्ष बालबालिकासँग जोडिएको हुन्छ । भौतिक पूर्वाधार विकास गर्न, कुनै कमीकमजोरी देखिएमा निगरानी गर्न, शिक्षक र कर्मचारीको दरबन्दी स्वीकृत गर्ने, तह अनुसार विद्यार्थी संख्याको आधारमा दरबन्दी मिलान गर्ने, शैक्षिक कार्यक्रम लागू गर्ने, विशेषज्ञ नियुक्ति गर्ने जस्ता काम, कर्तव्य र अधिकार विव्यसमा हुन्छन् ।

सामुदायिक विद्यालयका शैक्षिक सुधार गर्न दल र नेता गम्भीर छैनन् । कोहलपुरलाई शैक्षिक हब बनाउने चर्को नारा लगाउने दल र तिनका नेताहरुले विद्यालयमा अध्ययनरत बालबालिकाको भविष्यमा नै खेलवाड गरिरहेको भन्दै अभिभावकहरुले दुःख व्यक्त गरिरहेका छन् ।

विव्यसमा किन दलिय भागवण्डा जस्तो गर्नुहुन्छ होला ?, लक्ष्मी र ज्ञानज्योति बाहेक ३ विद्यालयमा अझै विव्यस गठन हुन सकेको छैन । जसकारणले १५ सय बढि बालबालिकाले पढनबाट बञ्चित छन् नगर शिक्षा शाखाका प्रमुख राम बहादुर हमालले बताउँछन् ।

कोहलपुर टुडे डटकमले कोहलपुरका सामुदायिक विद्यालयमा विव्यस गठन हुन नसकेको विषयमा फ्लोअफ समाचारहरु प्रकाशन गर्दै आइरहेको छ ।

याे पनि हेर्नुहाेस् ।

विव्यस अध्यक्षमा दलीय भागवण्डाले कोहलपुरका ३५ सय बालबालिकाको भविष्य अन्धकारमा

समाचार प्रभाव : लक्ष्मी माविमा ३ दिनमै विव्यस गठन, अन्यमा पक्रिया सुरु