बालबालिकाको साहित्य, सिर्जना र कला : सामाजिक साँस्कृति विविधतामा एकता मेरो प्रदेशको विषेशता

यस वतृत्वकला कार्यक्रमको सभाअध्यक्ष ज्यू, प्रमुख अतिथि ज्यू, निर्णयकमण्डल र मेरा प्यारा साथीहरु ।

आजको यस वतृत्वकलामा भाग लिई आफ्ना विचार राख्न पाउँदा निकै भाग्यमानि ठानेको छु ।

अब म आफ्नो तर्क प्रस्तुत गर्न चाहान्छु । हाम्रो देश विविधताले भरिएको प्रदेश हो । यस प्रदेशमा भएका सामाजिक विविधता र साँस्कृति विविधताका बारेमा केही विचार राख्न चाहान्छु ।

हाम्रो यस प्रदेशमा विभिन्न जातजातिका मानिस बसोबास गर्दछ । ब्राह्मण, क्षेत्री, थारु, दलित, नेवार, तामाङ, मगर लगायतका विभिन्न जातका मानिसहरुको यस प्रदेशमा मिलेर हातेमालो गरी बसेका छन् । ति मानिसहरु विभिन्न भाषा बोल्छन्। विभिन्न पर्वहरु एक आपसमा मिलेर मनाउँछन् ।

त्यसै यहाँका मानिसहरुले हिन्दु, बौद्ध, इस्लाम, लगायतका विभिन्न धर्म मान्छन् । त्यसै यहाँ विभिन्न किसिमका खाना तथा परिकार र विभिन्न किसिमका पोषाक लगाउने मानिसहरु पनि बसोबास गर्छन् । यस प्रकार हाम्रो प्रदेशको विशेषता भनेको सामाजिक साँस्कृति विविधतामा एकता हो ।

यो हाम्रो प्रदेशको विशेषता मात्र नभएर हाम्रो राष्ट्रको विशेषता पनि हो । त्यसैले अन्तिममा म के भन्न चाहान्छु भने, हामीले आफ्नो प्रदेशलाई माया गर्नुपर्छ र आफ्नो प्रदेशको सुरक्षा आफैले गर्नुपर्छ भन्दै म मेरो छोटो भनाई टुङ्याउन चाहान्छु । हवस्त धन्यवाद ।

नाम – तमन्ना दाहाल
कक्षा ८

शिव शक्ति आधारभूत विद्यालय
कोहलपुर २ प्रेमनगर, बाँके

प्रस्तुति : सुनिसा चन्द