कोहलपुर ।
ओभर स्पिडका कारण बाँकेको अगैयामा बस दुर्घटना हुँदा १२ घाइते भएका छन् ।
नेपालगञ्जबाट तुल्सीपुरका लागि छुटेकाे भे १ ख ३०२३ नम्बरको बस आज दिउसाे करिब १ बजेतिर ओभर स्पिडका कारण अनियन्त्रीत भई बस दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख तिलक सुनारले काेहलपुर टुडेलाई जानकारी दिए ।
सुनारका अनुसार बसमा सवार २५ जना मध्ये १२ जनाकाे हात खुट्टामा चाेटपटक लागेकाे छ भने अन्यकाे सामान्य रहेकाे छन् ।
घाइतेहरूलाई भने नेपालगञ्ज मेडिकल कलेजमा थप उपचारकाे लागि ल्याइएकाे छ भने केहीकाे राप्तीसाेनारीमा प्राथमिक उपचार भइरहेकाे सुनारले जानकारी दिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।















प्रतिक्रिया दिनुहोस्