चित्रकला र वक्तृत्वकला प्रतियोगितामा ज्ञानदिप र पशुपति प्रथम

गम बहादुर डाँगर, खजुरा ।

डुडुवा गाउँपालिकामा ५९ औ बाल दिवसको अवसरमा भएको चित्रकला र वक्तृत्वकला प्रतियोगितामा ज्ञानदिप र पशुपति प्रथम भएका छन् ।

‘बालबालिकामा लगानी : शुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराका साथ डुडुवा गाँउपालिकामा चित्रकला र वक्तृत्वकला प्रतियोगिता भएको थियो ।

प्रतियोगितामा २० वटा विद्यालय सहभागि भएका थिए । जसमा चित्रकलामा १२ र वक्तृत्वकला प्रतियोगितामा ८ विद्यालय सहभागि भएका थिए ।

शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख सन्जय कर्णका अध्यक्षतामा भएको कार्यक्रमको डुडुवा गाँउपालिका प्रमुख नरेन्द्र चौधरीको प्रमुख अतिथ्यतामा प्रतियोगिता कार्यक्रम भएको थियो ।

प्रमुख अतिथि चौधरीले डुडुवामा शिक्षा क्षेत्रमा लगानी थप बृद्धि गर्दै लैजाने र यस्ता कार्यक्रमले निरन्तरता पाउने बताए ।

कार्यक्रममा पालिका उपाध्यक्ष साहिदा बानो र शिक्षक महासंघ डुडुवाका अध्यक्ष शिव सापकोटा, शाखाका प्राविधिक निरज जैसवाल उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको सञ्चालन शिक्षा शाखाको विज्ञ राम एकवाल मण्डलले गरेका थिए ।