कोहलपुर ।
कोहलपुर नगरपालिकामा चुनावी माहोल बढ्दै गएको छ । कोहलपुर नगरपालिकामा मेयर पदमा उम्मेदवार प्रदिप कुमार शाह र उपमेयरमा सावित्रि भुषाल (घिमिरे) मैदानमा उत्रिएपछि कोहलपुरमा राप्रपाप्रति मोह बढ्दै गएको हो । अहिले राप्रपाले प्रत्येक वडामा घरदैलो अभियान गरिरहेको छ ।

मेयर पदमा उम्मेदवार प्रदिप कुमार शाह भन्छन्, कोहलपुरका सबै वडामा राप्रपा प्रति जनताले उत्साह र उमंग देखाएको बताए । ‘अब कोहलपुरको विकास र समृद्धिका लागि राप्रपा नै आवश्यकता रहेछ’ उनले भने, ‘नेपालगञ्ज उपमहानगरपालिकामा धवरशम्शेर रानाले जसरी काम गरेर देखाए त्यसरी नै कोहलपुरमा मैले देखाउनेछु ।’
केन्द्रदेखि स्थानीय तहसम्म के कस्ता बनाउने, कसरी अगाडी लैजाने भन्ने बृहत योजना बनाएका छौं तर अहिलेको योजना भनेको जनताले राप्रपालाई किन भोट हाल्ने भन्ने विषयलाई केन्द्रित पारेर चुनाव प्रचारप्रसारमा दौडिरहेको मेयर पदका उम्मेदवार शाहले बताए ।

यस्तै राप्रपाबाट १५ वटै वडामा कोहलपुरमा वडा अध्यक्ष पदमा उम्मेदवारहरु खडा भएका छन् । जसमा वडा नम्बर १ मा रण बहादुर विष्ट, २ मा चन्द्र बहादुर विष्ट, ३ मा केशव प्रसाद रेग्मी, ४ मा रविना चौधरी, ५ मा अजय भट्टराई, ६ मा तिलक चन्द, ७ मा जंगली थारु, ८ मा इश्वरी वली, ९ मा निशान थारु, १० मा भुक्ती कार्की, ११ मा भानुराज उपाध्याय, १२ मा विकास भुषाल, १३ मा लाल बहादुर वली, १४ मा टेक राज गिरी, १५ मा ओमप्रकाश थारु रहेका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्