सबको भलो हुने कर्म गर्न पाए हुन्थ्यो,
सबै दिन दुःखीको सेवा गर्न पाए हुन्थ्यो ।
धनका बाला झुलाएर बाझाँ खेतहरु,
भरिदिन पाए हुन्थ्यो भोका पेटहरु ।
असहाय अनाथलाई बचाउन सकुँ,
हाँसो छरी ओठमा आँसु पुछिदिन सकुँ ।
बिरामीलाई औषधी खुवाउन पाउँ,
अकालमै जाने ज्यानलाई बचाउन पाउँ ।
एउटा वस्त्र गरिबलाई सिलाई दिन पाए,
धन्य ठान्थे यो जुनिलाई धर्म गर्न पाए ।
नाम : दिपिका चौधरी
कक्षा : ७
शिव शक्ति आधारभूत विद्यालय
कोहलपुर २ प्रेमनगर, बाँके
प्रस्तुति : सुनिसा चन्द
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८० असार ७ गते बिहीबार












प्रतिक्रिया दिनुहोस्