बालबालिकाको साहित्य, सिर्जना र कला : भलो

सबको भलो हुने कर्म गर्न पाए हुन्थ्यो,
सबै दिन दुःखीको सेवा गर्न पाए हुन्थ्यो ।

धनका बाला झुलाएर बाझाँ खेतहरु,
भरिदिन पाए हुन्थ्यो भोका पेटहरु ।

असहाय अनाथलाई बचाउन सकुँ,
हाँसो छरी ओठमा आँसु पुछिदिन सकुँ ।

बिरामीलाई औषधी खुवाउन पाउँ,
अकालमै जाने ज्यानलाई बचाउन पाउँ ।

एउटा वस्त्र गरिबलाई सिलाई दिन पाए,
धन्य ठान्थे यो जुनिलाई धर्म गर्न पाए ।

नाम : दिपिका चौधरी
कक्षा : ७
शिव शक्ति आधारभूत विद्यालय
कोहलपुर २ प्रेमनगर, बाँके

प्रस्तुति : सुनिसा चन्द