सरस्वती माविको ४ कोठे भवन करिब २ वर्षसम्म पनि बनेन

भवन निर्माणमा ढिलाई किन भएको हो ? भन्ने आफै अनविज्ञ छु : प्रअ जैसी

कोहलपुर ।

कोहलपुर नगरपालिकामा विद्यालयहरुले भवन अभावको कारण देखाउँदै भवन मागको होडबाजी नै चल्छ । तर भवन आउँछ तर भवन बन्दैनन । फेरी पुन भवनको माग हुन्छ ।

शौचालय त हरेक विद्यालयहरुको माग हुन्छ तर शौचालय पनि सहि सदुपयोग गरेको कोहलपुरका अधिकांश विद्यालयहरुमा देखिएको छैन । तर सरकारी विद्यालयमा किन लापरवाही? सरकारी विद्यालयमा कुशल प्रशासकको आवश्यक पर्छ तब मात्र काम समयमा सकिन्छ ।

यो कोहलपुर नगरपालिका वडा नं. ८ मा सरस्वती माविमा छ । यस विद्यालयले भवनको अभावमा ४ कोठे माग गरेको थियो सोही बमोजिम काम पनि भयो । यो राम्रो पक्ष हो ।

तर भवनको काम सुरु भएको मितिदेखि करिब २ वर्षसम्म पनि भवन निर्माण नहुँदा कि प्रअ, विव्यस र निर्माण व्यवसायी विचको कमजोरी कै कारणले भवन निर्माणमा ढिलाई भएको बुझिन्छ ।

यो योजना सुरु भएको २०७८ साल ८ महिना १४ गते के आर कन्ट्रक्सनसंग सम्झौता भई २०७९ साल ३ महिना २५ गतेसम्म ४ कोठे भवन निर्माण गरिसक्नुपर्ने थियो तर अझै पनि निर्माणको काम सम्पन्न हुन सकेको छैन । आज मात्र ढलानको लागि तयार बनाई राखिएको अवस्थामा पुनः भत्काइएको छ ।

सरस्वती माविका प्रधानाध्यापक विशाखर जैसीले के कस्का कारणले रोकिएको वा नगरिएको भन्ने बारे आफु अनविज्ञ भएको बताए । ‘विचमा निर्माण व्यवसायीले काम गरेर ढलान सम्म पुगेको थियो’, उनले भने ‘हिजाे मात्र ढलान गर्न भनी तयारी अवस्थामा पुनः भत्काइएको छ । किन भत्काइयो ? भन्ने विषयमा मलाई जानकारी छैन प्रअ जैसीले कोहलपुर टुडेसंगको कुराकानीमा बताए ।

‘निर्माण व्यवसायी सम्पर्कमा नै नआएकै कारणले अहिलेसम्म सुचारु हुन सकेको छैन ।’ उनले थपे, ‘काम गर्ने व्यक्तिहरुलाई रकम नदिँदा राकेको मैले बुझेको छु, त्यसमा हाम्रो कुनै हात हुँदैन ।’ सबै निर्माण व्यवसायी र कोहलपुर नगरपालिकाको जिम्मा हुने भएकोले विद्यालयको सहकार्य मात्र गरिदिएको प्रअ जैसीले बताए ।

कोहलपुर नगरपालिका प्रमुख इन्जिनियर बालकृष्ण महतरा कोहलपुर टुडेसंग कुराकानी गर्दै भने, ‘नगरपालिकाले निर्माण व्यवसायीसंग सम्झौता गरेर विद्यालयलाई सम्झौता दिइसकेको छ, सोही अनुसार विद्यालय र निर्माण व्यवसायी विचको समन्वय भएर काम हुनपर्ने हुन्छ ।’ तर नगरपालिकाबाट डिपिआर अनुसारको काम भयो भएन भनेर चेकजाँच र समयमा काम नसेकेका कम्पनीहरूलाइ कार्यपालिकाको निर्णय भइसकेकाे र साेही अनुसार कारवाही तथा जरिवाना गरिने महतराले बताए ।

याे पनि हेर्नुहाेस् ।

‘मेरो श्रीमानको रगत र पसिनामा ५०औं स्वर्ण महोत्सव मनाए’