‘मेरो श्रीमानको रगत र पसिनामा ५०औं स्वर्ण महोत्सव मनाए’

कोहलपुर ।

कोहलपुर नगरपालिका-८ स्थित रहेको सरस्वती माविको स्थापना २०२९ सालमा पहलमान वलीका छोरा स्व. भिम बहादुर वलीले ६ कठ्ठा जग्गा दान गरी स्थापना भएको हो । उनले घर नजिकै बालबालिकाहरुलाई सहज रुपमा पढन पाउनुपर्ने भन्दै ६ कठ्ठा दान गरेका थिए । बुधबार सरस्वती मावि स्कुल ५० वर्ष पुगेर स्वर्ण महोत्सव मनायो तर ऐतिहासलाई भने सम्झिएन ।

स्व. भिम बहादुर वलीकी श्रमिती देवि कुमारी बस्नेत स्वर्ण महोत्सव मनाइरहेको बेला गेटमा पुगिन् । ‘६ कठ्ठा दान गरेका स्व. श्रीमानलाई त देखेन मलाई के देख्ला ?’ आँखाबाट आशु झार्दै भनिन्, ‘तर मेरो श्रीमानको रगत र पसिनामा महोत्सव गरिरहेका छन् ।’ ‘निकै कठिन मेहनत र परिश्रम गरी नम्बरी जग्गा जोडेका थियौं ।’ ‘जग्गा विद्यालयको नाममा गराउँदा शालिक निर्माण गर्ने भन्ने कुरा भएको थियो तर ५० वर्ष पुग्दासम्म यहाँ अहिलेसम्म नाम समेत नहुँदा निकै दुःख लागेको छ’ उनले भनीन्, ‘वडा कार्यालयसम्म गए तर कतैबाट पहल भएन, यहाँका प्रअले त झ्न यो विषय थाहा छैन भन्दै टार्नुहुन्छ ।’

स्व. भिम बहादुर वली

यो विषयमा विद्यालयका प्रअ विशाखर जैसीसंग कोहलपुर टुडेले गरेको कुराकानीमा आफु जानकार नभएको बताए । ‘विव्यसका अध्यक्षज्यूलाई जानकारी होला,’ उनले भने ‘मलाई यो विषयमा थाहा छैन ।’ विद्यालयको ऐतिहासको बारेमा नबुझेको र बुझन नचाहेको जस्तो भावमा आफ्ना विचार व्यक्त गरे ।

यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिल बहादुर खत्रीले कमानसिंह घर्ति अध्यक्ष भएको बेलामा जग्गा दान गरेको बताए । त्यसपछि हरि प्रसाद शर्मा, भिम नेपाली विद्यालयको व्यवस्थापनको अध्यक्ष हुनुभएको थियो तर उहाँहरुले पहल किन गर्नुभएन मलाई थाहा भएन ? विव्यसको निर्णय गरी शालिक निर्माण गर्ने बनाउने आस्वासन दिए ।

यस्तै कोहपुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष लाल बहादुर रानाले शालिक निर्माण नहुनु दुःखत् भएको बताए । विद्यालयको स्थापना गरेका व्यक्तिलाई नसम्झनु निकै दुःखको विषय हो उनले भने त्यसको पहल कदमी गर्नेछु । यो विषयमा पदेन सदस्य समेत हुने भएकोले आफुले शालिक निर्माण गर्नुपर्नेमा जोड दिने बताए ।