एमाले पाल्पाको अध्यक्षमा धनेन्द्रराज घिमिरे चयन




बुटवल ।

नेकपा एमाले पाल्पाको अध्यक्षमा धनेन्द्रराज घिमिरे सर्वसम्मत चयन भएका छन् । नवौं जिल्ला अधिवेशनबाट घिमिरे सर्वसम्मत चयन भएका निर्वाचन समितिले जनाएको छ ।

जिल्ला अध्यक्षका लागि पाल्पाका वर्तमान अध्यक्ष नारायण आचार्य, पूर्वजिल्ला अध्यक्ष देवीप्रसाद बस्याल, संविधानसभा सदस्य नारायणी शर्मा घिमिरे, जिल्ला उपाध्यक्ष मोहन थापा मगर र जिल्ला सचिव ओमबहादुर घर्ती मगर आकांक्षी थिए ।

उनीहरुबीच सहमति नजुटेपछि केन्द्रीय लेखा आयोगका पूर्वसदस्य रहेका पुराना नेता घिमिरेलाई अध्यक्ष बनाइएको एमालेका एक नेताले बताए ।

जिल्ला कमिटीको उपाध्यक्षमा देविलाल लामिछाने, सचिवमा रामजी पोखरेल र उपसचिवमा टीका थापा, सुनिता शर्मा चयन भएका छन् । जिल्ला अधिवेशनले १०५ सदस्यीय जिल्ला कमिटीसमेत चयन गरेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस २४ गते शनिबार