Kohalpur Today Header Ads

वडाअध्यक्ष आलेद्धारा आफ्नो तलवभत्ताबाट विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान




कोहलपुर ।

कोहलपुर नगरपालिका वडा नं.१४ का वडाअध्यक्ष नमबहादुर आलले आफ्नो तलवभत्ताबाट विपन्न विद्यार्थीको शैक्षिक सामाग्रीमा खर्चिएका छन् ।

कोहलपुर नगरपालिकाका प्रवक्ता समेत रहेका आलेले आफ्नो तलवभत्ताबाट सिर्जना बाल प्राविका गरिव तथा विपन्न समुदायका विद्यार्थीको पठनपाठनमा सहजहोस् भन्ने हेतुले शैक्षिक सामाग्री प्रदान गरेका हुन् ।

LIfe Ok

‘निम्न आयस्तर भएका बालबालिकालाई पठनपाठनमा सहजहोस् भन्ने उद्देश्यले कपीहरु सहयोग गरेको हुँ उनले भने–‘मैले वडाअध्यक्ष हुँदा प्राप्त गर्ने सुविधा यसैगरी गरिव तथा विन्नि समुदायको हितमा खर्चिनु छु ।’ वडाअध्यक्ष आलेले सम्पूर्ण बालबालिकालाई आफै उपस्थित भएर शैक्षिक सामाग्री प्रदान गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनिता चन्दले बताइन् ।

उक्त विद्यालयमा १ सय २८ जना बालबालिका अध्ययनरत छन् । यो विद्यालयकामा अधिकांश बालबालिका निम्न आयस्तर भएका परिवारका रहेको विद्यालयका प्रधानाध्यापक कल्पा वलीले जानकारी दिइन् । वडाअध्यक्षमा निर्वाचित भएलगत्तै उनले आफुले प्राप्त गर्ने सरकारी तलवभत्ता गरिव तथा विपन्न समुदायको हितमा खर्चिने घोषणा गरेका थिए ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ माघ १३ गते शुक्रबार