Kohalpur Today Header Ads

चोरी भएको वा हराएको फोनको लाइभ लोकेशन पत्ता लगाउने तरिका यस्तो छ




काठमाडौं ।

सबैभन्दा कठिन समय त्यो हो जब कसैको फोन हराउँछ वा चोरी हुन्छ तर उसलाई कसरी फोन ट्र्याक गर्ने भन्ने थाहा हुँदैन्। यदि तपाइँले पनि यस्तै समस्याको सामना गर्नु भएको छ वा यस्तै समस्याले घेरिनु भएको छ भने आज हामी तपाइँलाई तपाइँको हराएको फोन एन्ड्रोइडमा कसरी ट्र्याक गर्न सकिन्छ भन्ने बताउनेछौँ।

आउनुहोस् जानौं कसरी

LIfe Ok

फोनको आईएमईआई (IMEI) नम्बर धेरै महत्त्वपूर्ण छ। यस मार्फत तपाईले आफ्नो हराएको फोन फिर्ता पाउन सक्नुहुन्छ। यसका लागि तपाईले आफ्नो फोनको आईएमईआई नम्बर थाहा पाउनुपर्छ। अब फोन हरायो भने नम्बर कसरी थाहा हुन्छ।

यो नम्बर फोनको बक्समा पनि पाउनुहुनेछ भने तपाईँले फोन किन्दा लिएको बिलमा समेत लेखिएको हुनेछ।

मोबाइल ट्र्याकर पनि काममा आउनेछ:

मोबाइल ट्रयाकरले तपाईंलाई धेरै मद्दत गर्न सक्छ। यदि तपाईंलाई आईएमईआई नम्बर थाहा छ भने, तपाईंले मोबाइल ट्र्याकर एप प्रयोग गरेर हराएको फोनको स्थान वा लोकेसन ट्र्याक गर्न सक्नुहुन्छ। तपाईको फोन चोरले स्वीच अफ गरेको भए पनि तपाईले यो नम्बरमार्फत फोन कहाँ अन थियो भनेर पत्ता लगाउन सक्नुहुनेछ।

एप इन्स्टल गर्नुहोस्:

तपाईंले गुगल प्ले स्टोरबाट फोन ट्र्याकर एप डाउनलोड गर्न सक्नुहुन्छ। त्यसपछि यसमा आईएमईआई नम्बर राखेर फोनको लोकेसन जानकारी पाउन सकिन्छ। तपाईले मेसेज मार्फत फोनको स्थान बारे जानकारी पाउनुहुनेछ। कृपया यो नम्बर पुलिसलाई पनि दिन सक्नुहुन्छ। प्रहरीले त्यसबाट फोन पनि ट्रेस गर्न सक्छ।

के फोन सित्तैमा ट्र्याक गर्न सकिन्छ?

हो, एप्पल र एन्ड्रोइड फोनहरू दुबैमा कम्पनी निर्मित फाइण्ड माई (Find My) नामक सेवा मार्फत ट्र्याक गर्न सकिन्छ। यसले तपाइँलाई तपाइँको खातामा लिङ्क गरिएका फोनहरू ट्र्याक गर्ने क्षमता दिन्छ। यो सेवा नि:शुल्क छ। यसका लागि तपाईंले कुनै पनि प्रकारको शुल्क तिर्नु पर्दैन। तपाईंले पहिले नै फोनमा यी सेवाहरू अन गरेर राख्नुपर्छ।

एन्ड्रोइड फोन कसरी ट्र्याक गर्ने?

गुगलको फाइण्ड माइ डिभाइसेज तपाईको एन्ड्रोइड फोन फेला पार्नको लागि उत्तम विकल्प हो। तर तपाईंले फोनमा यो सेवा सक्रिय गरिसकेपछि मात्र यसले काम गर्नेछ। तर तपाईंको फोनको लोकेसन साझेदारी सक्रिय छ भन्ने सुनिश्चित गर्नुहोस्। अर्को डिभाइसमा गुगल एकाउन्टमा लगइन गर्नुहोस्। यसपछि तपाईले खोज्नु भएको एन्ड्रोइड फोन गुगल म्यापमा देखिनेछ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ पुस १८ गते सोमबार