भग्नावशेष बनेकाे इप्रका कोहलपुरले तत्काल सेवा दिन नसक्ने




काेहलपुर । आगजनी र तोडफोडबाट व्यापक क्षति पुगेकाे इलाका प्रशासन कार्यालय काेहलपुरकाे सेवा अनिश्चित बनेको छ । जेनजीको प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडबाट ध्वस्त भएको इलाका प्रशासन कार्यालय काेहलपुरले सेवा तत्काल सुचारु गर्न समस्या देखिएको हो ।

इलाका प्रशासन कार्यालय काेहलपुरका प्रमुख अन्तिम सिंजालीले आगजनी र तोडफोडबाट कार्यालयका कागजात, कम्प्युटरसहितका विद्युतीय उपकरण, फर्निचरलगायत सबै सामग्री खरानी भएकाले तत्कालै सेवा दिन नसक्ने बताइन् ।

आगलागीबाट कार्यालय प्रमुखकाे कार्यकक्षदेखि नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचयपत्र वितरण गर्ने सबै शाखा जलेर भग्नावशेष मात्रै बाँकी छ ।

दशैँअघि नागरिकता, पासपोर्ट वा परिचयपत्र पाउने सम्भावना छैन । बिहान १० बजेपछि पासपोर्ट र नागरिकता लगाएतका विभिन्न काम लिएर आउनेहरुको लर्काे लाउने गरेकाे छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ असोज ७ गते मंगलबार